४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता : वार्तामा भयो सरकारबारे छलफल

प्रधानमन्त्री भएको दोस्रो दिन शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। 

नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रधानमन्त्री देउवाले नेपाल निवासमा करिब एक घन्टाको समय बिताएका थिए। सो क्रममा ती दुईबीच सरकार सञ्चालन र बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल भएको र आगामी दिनका लागि आवश्यक योजनाका विषयमा छलफल भएको स्रोतको भनाइ छ।

राजनीतिक वृत्तमा निक्कै महत्वपूर्ण रुपमा लिइएको दुईबीचको भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई जनतामा उत्साह जगाउने काम गर्न सुझाएको एक नेताले बताए।

प्रकाशित: ३० असार २०७८ १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App