२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने

सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार (आज) प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिने भएका छन्।  राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ।

सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएको थियो। यो संगै देउवा पाचौँ पटक  प्रधानमन्त्री बनेका छन्।  

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।  

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ। मन्त्रिपरिषद् गठनको सुरुआती चरणमै गठबन्धनमा रहेका सबै दललाई समेटेर अघि बढ्ने तयारी रहेको एक नेताले जानकारी दिए।

प्रकाशित: २९ असार २०७८ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App