१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भाजपा सांसदलाई कारबाहीको माग

भारतीय जनता पार्टी (भाजपा) का सांसद कृति झा आजादले नेपाली भूभागलाई भारतीय मिथिलासँग जोडेर विवादित वक्तव्य दिएको प्रति चौतर्फी विरोध सुरु भएको छ। झाले मिथिलाको राजधानी जनकपुरलाई दुई सय वर्ष अघि तत्कालीन ब्रिटिश शासकले नेपाललाई सुम्पेको उल्लेख गर्दै अब भारत सरकारले फिर्ता लिएर मिथिला राज्य गठन गर्नुपर्ने ट्विट गरेका छन्।

सांसदले लगे १ करोड ५५ लाख

प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। प्रदेशसभा गठन भएको मिति २०७४ माघ ५ देखि वैशाख ३१ सम्म गरि दुईपटक सेवासुविधाको रकम भुक्तानी भएको छ।

सन्धिसम्झौता कार्यान्वयन गर्न सांसदहरुको माग

सांसदहरुले नेपाल–भारतबीच यसअघि भएका सन्धिसम्झौता कार्यान्वयन गर्न सरकारलाई उचित कदम चाल्न आग्रह गरेका छन्। बिहीबारको प्रतिनिधि बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्तामा नेपालका तर्फबाट विगतमा भएका सन्धिसम्झौता कार्यान्वयनका पक्षमा स्पष्ट कुरा राख्न माग गरेका हुन्।

फौजदारी अभियोगमा जेल जाँदा पनि सांसद् निलम्बन नहुने

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले सांसद फौजदारी अभियोगमा जेल चलान हुँदैमा उसको पद निलम्बनमा नपर्ने व्यवस्था राखेको छ। शनिबार बसेको दुवै सभाको नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा पक्राउ भएमा वा तीन वर्षभन्दा बढी जेल सजाय हुने मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला सांसदको पद निलम्बन नहुने व्यवस्थामा सहमति जुटाएको हो।

सांसदको मर्यादाक्रम सच्याउन संकल्प प्रस्ताव पारित

प्रदेश सभाको बुधबार बसेको बैठकले नेपाल राजपत्रमा प्रकाशित मर्यादाक्रममा सासंदलाई सचिवभन्दा तल राखेको भन्दै केन्द्रीय सरकारसँग सच्याउन माग गर्दै संकल्प प्रस्ताव पारित गरेको छ ।

प्रदेश सांसद राईद्वारा बालिकाको अभिभावकत्व ग्रहण

प्रदेश नम्बर १ की सांसद उषाकला राईले एक बालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। सांसद राईले खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारस्थित भगवती दिनानाथ माविमा कक्षा २ मा अध्ययनरत छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गरेकी हुन्। सांसद राईले उक्त बालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गरेकी हुन्।

सांसदहरूले व्यापार–व्यावसाय गर्न नपाउने

सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ।

सांसदले मागे ५० लाख

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ माग गरेका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग राखेका हुन्।

सडक दुर्घटनामा सांसदको परिवारसहित आठको मृत्यु

जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ।

सांसदलाई मुद्दा लागे स्वतः निलम्बन, रेशम चौधरीको पद धरापमा

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ।

विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा जिल्लामा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको हो।

भाजपाका सांसद विरुद्ध बलात्कारको आरोप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको छ।

सांसद साहले गरे एकै दिन एघार योजनाको शिलान्यास

रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री प्रभु साहले एकै दिनमा एघार योजनाको शिलान्यास गरेका छन्। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय पर्साद्वारा निर्माणको चरणमा पुगेका १ अर्ब १२ करोड ८७ लाख ९ हजार तीस रुपैयाँ ९८ पैसाका एघार वटा योजनाको सांसद साहले शिलान्यास गरेका हुन्।

भारतीय प्रम मोदीको निवास अगाडि सांसदको प्रदर्शन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निवास अगाडि आइतबार प्रदर्शन गर्न लागेका केही सांसदलाई प्रहरीले हटाएको छ।  उनीहरुले आन्द्र प्रदेशलाई विशेष प्रदेश बनाउन माग गर्दै प्रधानमन्त्री निवास अगाडि दवावमूलक प्रदर्शन गर्न लागेको तेलुगु डेसाम पार्टीका सांसदलाई प्रहरीले लोक कल्याण मार्गबाट हटाएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्