११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘मध्यकाल र मल्लकालका नाटकबारे अनुसन्धान जरुरी’

मध्यकाल तथा मल्लकालमा मैथिली, नेवारी र भँगाली भाषामा लेखिएका सयौं नाटक सम्बन्धी अभिलेख पाइए पनि तिनीहरुलाई अनुसन्धान गरी प्रकाशनमा ल्याउन नसकिएको अनुसन्धानकर्ताहरुले खुलाएका छन्।

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा काठमाडौँ आएकी उनले शिल्पी थिएटरको नाटकघर बनाउँदा इँटा बोक्दै त्यहीँ अभिनय पनि सिकेकी हुन्। शिल्पीमै उनले धेरै वटा नाटक गरिन् र अभिनय कुशलताका कारण थुप्रै प्रशंसा पनि पाइन्।

प्रेमको नाटक, अपहरणमा प्रयोग अनि हत्या

कालीमाटीदेखि मखन गल्ली आउजाउ गर्ने क्रममा त्यही बीचमा रहेको एटुजेड मोबाइल रिपेयरिङ पसलमा बस्ने लक्काजवान प्रकाश लामिछानेसँग २५ वर्षीया राधिका श्रेष्ठको नजर जुधिरहन्थ्यो तर बोलचाल भएको थिएन।

इटहरीमा नाटक उत्सव सुरु

सुनसरीको इटहरीमा शुक्रबारदेखि एक हप्ते अन्तर विद्यालय स्तरीय वाईवाई नाटक उत्सव शुरु भएको छ। नाटक उत्सवको साहित्यकार अभि सुवेदीले उद्‍घाटन गरे।

हिमालयन शेर्पाको नाटकीय पुनरागमन

खेलको अन्त्यतिर नाटकिय ढंगले पुनरागमन गर्दै हिमालयन शेर्पा रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हिमालयन शेर्पाले विभागीय टोलीलाई एपिएफलाई टाइब्रेकरमा ३–२ ले हरायो। शेर्पालाई खेलमा फर्काउन सुनिल बल र निशान लिम्बुले महत्वपुर्ण योगदान गरे। ८७औं मिनेटसम्म एपिएफ २–० ले अगाडी थियो।

आरम्भको थिएटर हल सिलान्यास, पूर्वमा पुन: नाटक ब्युँतिने आशा

धरानको सुस्ताएको रङ्गमञ्चीय सँस्कृतिलाई ब्युताउने उद्देश्यले आरम्भ नाट्य डबलीले आफ्नै रङ्गमञ्च हल(थिएटर) निर्माण गर्ने भएको छ।

निर्वाचन गर्ने कुरा नाटकमात्रैः ठाकुर

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ९० प्रतिशतले बनाएको संविधान कार्यान्वयन हुन नसकेपछि प्रमुख दलहरु दश प्रतिशतको सहयोग माग्न आफूहरुलाई फकाउन थालेको आरोप लगाएका छन्। उनले संविधान कार्यान्वयन नभइ कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनको तयारीलाई नाटकको संज्ञा दिए।

नेप्सेमा नाटकीय उतारचढाव

नेपाली सेयर बजारको तथ्यांकीय मापक नेप्सेमा नाटकिय रुपमा उतारचढाव आएको छ। साताको दोस्रो दिन कारोबार भएको करिब २ घण्टामै ६५ अंकले घटेको सेयर बजार बन्द हुने समयमा नाटकिय रुपमा ४० अंकले बढेर १५१०.१६ विन्दुमा बन्द भयो।

ऋणबाट जोगिन ६ लाख लुटिएको नाटक

चक्कु प्रहार गरी लुटिएको नाटक गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नेपालगन्ज–२१ महेन्द्र बहुमुखी क्याम्पस अगाडी आफूलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरि ६ लाख भारतीय रुपैयाँ लुटिएको बताउँने सुर्खेत बीरेन्द्रनगर–६ निवासी ३४ बर्षिय मोहम्मद नियाज अहमद अली साई पक्राउ परेका हुन् । जमुनाहातर्फबाट भे १ प ५००७ नम्वरको मोटरसाईकल चढेर नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा खुर्सानीको धुलो फालेर साथमा रहेको रकम अपरिचित व्यक्तिले लुटेको साईले बताएका थिए ।

अपाङ्ग महिलासँग प्रेमको नाटक गरेर दश बर्षसम्म यौन शोषण

उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौन शोषण गर्दै आएका प्रेमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् ।

अपहरण नाटक रच्दा प्रहरी खोरमा

बुधबार साँझ सात बजे एक हुल मान्छे महानगरीय प्रहरी परिसर, ललितपुर पुग्छन्। आत्तिएका उनीहरू परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीको कार्यकक्षमा पुगेर २० वर्षीया युवती अपहरणमा परेको र फिरौती मागिएको एसएमएस देखाउँछन्।

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरमा तीनदिने मैथिली नाटक महोत्सव सुरु

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारबाट जनकपुरमा तीन दिवसीय मैथिली नाटक महोत्सव सुरु भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले महेन्द्र मलंगियाद्वारा लिखित ‘काठक लोक (काठको मान्छे)’ नाटकको एउटा ‘डाइलग’ उच्चारण गरेर महोत्सवको उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्