परीक्षाको तयारीसँगै पुनः अनशनमा अस्थायी शिक्षक
आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्र्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन्।
आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्र्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन्।
कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आँफै आउट गरेको पाएपछि यहाँ सञ्चालित प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा रद्द भएको छ।
सन् २०१८ मा रोजगारीका लागि कोरिया जान लिइएको भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तीर्ण भएका छन् । मंगलबार कोरियाको मानव संशाधन विभागले प्रकाशित गरेको नतिजा अनुसार कृषिमा न्यूनतम ४२ र सेवा क्षेत्रमा ४४ अंक प्राप्त गर्ने उत्तीर्ण भएका हुन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँच सय जनाको कोटा निर्धारण गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।
जनता मावि महत गाउँ केद्रमा कक्षा ११ को परीक्षा सहभागी हुन आएका एक जना छात्रा बेहोस भएकी छन्। कालिका माविमा अध्ययनरत अन्दाजी १७ वर्षीया अनिता वम बहोस भएकी हुन्।
बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ। असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन/अध्यापन बन्द रहेको छ। क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ।
रोजगारीका लागि कोरिया लैजाने खुड्किलो आठौं कोरियन भााषा परीक्षामा दरखास्त दिएकामध्ये १० प्रतिशत परीक्षामा सहभागी भएनन्।
कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका कारण पटकपटक सारिएको कक्षा ११ को परीक्षा असार १ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले मिति तोकेसँगै परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ को परीक्षा असार १ देखि सुरु हुने भएको छ। चुनाबका कारण यसअघि सो परीक्षा ८ असारदेखि सुरु हुने जनाइएको थियो।
कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्।
रोजगार अनुमतिप्रणालीअन्तर्गत कोरिया जानकालागिभरेको भाषा परीक्षाको दरखास्तमा १५ हजारजनाको त्रुटिफेला परेको छ। पहिलोपटक अनलाइनमार्फत दरखास्त संकलनगरिएकोमा १५ हजार निवेदकमध्ये केहीले फोटो, केहीले नामतथाजन्ममितिमा फरक विवरण भरेका हुन्।
शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकलाई परीक्षा दिन वा सुविधा लिन मौका दिएको छ। त्यहीअनुसार शिक्षक सेवा आयोगले २६ हजार अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न दरखास्त आह्वान गरेको छ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजमा स्नातकोत्तर (पिजी, एमडी/एमएस) अध्ययनका लागि सरकारले शुल्क निर्धारण नगर्दा कलेजले प्रवेश परीक्षाअघि नै मनोमानी ढंगले शुल्क लिने गरी ‘सिट बुकिङ’ गर्न थालेका छन् ।