८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने

समय र स्थान टुङ्गो लगाउने जिम्मा कार्यवहाक सभापतिलाई

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ। 

आज आइतबार धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय कार्यसमिति बैठक छिट्टै बोलाउने निर्णय गरेको  नेता मीन विश्वकर्माले नागिरकलाई  दिए। उनका अनुसार आज काठमाडौंमा उपलब्ध नेताको बैठक बसेको हो ।  

'आज काठमाडौंमा उपलब्ध नेताहरु बस्यौ अब छिट्टै सबैजना बस्ने निर्णय भएको छ।', उनले भने, 'कार्यवाहक उपसभापतिले बैठकको समय र स्थान टुङ्गो लगाउने निर्णय भएको छ।'

बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्ने उद्देश्य रहेको उनले बताए। देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिएको छ। 

पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा. शेखर कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो। देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन छ। 

निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ। थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ। शुक्रबारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेका बेलामा अर्को समूहले त्यस्तो निर्णय गरेको हो।

प्रकाशित: ८ चैत्र २०८२ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App