९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र हङकङबीच हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेस विज्ञप्ती जारी गरेर खेल स्थगित भएको जानकारी गराएको छ। 

एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल खेलाउनको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुमति मागेको थियो । तर राखेपले अस्वीकृत गरेपछि प्रतियोगिता स्थगित गर्नुपरेको एन्फाले जनाएको छ।

नेपाल र हङकङले आउँदो चैत्र १३ गते दशरथ रगंशालमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो। 

प्रकाशित: ८ चैत्र २०८२ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App