चलचित्र विकास बोर्डले शनिबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
फागुन २९ देखि सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ‘लालिमा’ ले प्रदर्शनको शनिबारसम्म पाँच लाख २९ हजार ७३८ रुपैयाँ कमाएको छ। याे समयावधिसम्म चलचित्रले २०४० टिकट बेचेको छ।
यस्तै, चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ ले आइतबार ५१ दिन सफल प्रर्दशन पूरा गरेको छ। उक्त चलचित्रले शनिबारसम्म १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ। चन्द्र पन्त निर्देशित फिल्मको ५ लाख ३ हजार ११४ टिकट बिक्री भयो।
त्यसैगरी, गत माघ २४ गतेबाट देशभर प्रदर्शनमा आएको दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ को लाइफटाइम कलेक्सन ६६ लाख २५ हजार ४५१ ग्रस रहेको छ भने २० हजार ८ सय १७ टिकेट बिक्री गरेको छ।
त्यही माघ २३ गतेबाट सिनेमाघरमा प्रर्दशनमा आएको चलचित्र ‘रमिताको पिरती’ ले ३० लाख ८४ हजार ८४३ रुपैयाँ ग्रस छ, भने ९ हजार नौ सय ७५ टिकट बिक्री गरेको छ।
प्रकाशित: ९ चैत्र २०८२ १३:५७ सोमबार





