९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने चीन-भारतको तयारी

नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार फेरि सुरु गर्ने तयारी गरेका छन् ।

लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको भूमि हो । यो भूमि हुँदै व्यापार सञ्चालनका लागि भारतको विदेश मन्त्रालयले अनुमति दिइसकेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको हो ।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने व्यापार सत्रका लागि केन्द्र सरकारको आदेशअनुसार तयारी सुरु भइसकेको पीटीआईको दाबी छ ।

स्थानीयबासीले पुलाङ–गुञ्जी भन्ने लिपुलेक भञ्ज्याङ कालापानी क्षेत्रमा रहेको तीन वटा गाउँमध्ये एक हो । अहिले भारतीय नियन्त्रणमा रहेको यो क्षेत्रमाथि नेपालले निरन्तर आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

यसअघि सन् २०१५ र २०२० मा पनि नेपालले लिपुलेकको विषयमा भारत र चीनले गरेको द्विपक्षीय सम्झौताको विरोध गरेको थियो ।

भारतको विदेश मन्त्रालयले ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) जारी गरेपछि यो व्यापार फेरि सुरु हुन लागेको हो । भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिव आनन्द बर्धनलाई हिमालयन भञ्ज्याङ हुँदै हुने व्यापार पुनः सुरु गर्न अनुरोध गर्दै पत्र लेखेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । 

प्रकाशित: ८ चैत्र २०८२ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App