८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

‘सस्टेनेबल टुरिजम भक्तपुर’का लागि ‘फायर शो’

आइतबार साँझ आगोको चमकले भक्तपुरको पाँचतल्ले मन्दिर क्षेत्र झिलिमिली देखिएको छ । ‘सस्टेनेबल टुरिजम भक्तपुर’ अभियान अन्तर्गत ‘जन्तु फेमिली’ समूहले प्रस्तुत गरेको आकर्षक ‘फायर शो’ हेर्न स्थानीय बासिन्दा तथा आन्तरिक–बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । भक्तपुरको रात्रिकालीन पर्यटनलाई सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति र साहसिक कला संयोजन गरिएको थियो । कार्यक्रमले साँझपख पनि पर्यटकलाई नगरमा रोक्न सकिने सन्देश दिएको छ ।

No description available.

सांस्कृतिक अभियन्ता चन्दन ताम्रकारको नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपालसहित विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको थियो । टोलीमा नेपालका चन्दन ताम्राकार र ओसिस भाजू, बेलायतका निमी र जोस तथा ताइवानकी हुवा सहभागी थिए । अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिताले सांस्कृतिक आदानप्रदानमार्फत पर्यटन प्रवद्र्धनको सन्देश दिएको आयोजकले जनाएको छ ।

No description available.

कार्यक्रमको मुख्य सन्देश ‘दिगो पर्यटन’ रहेको छ । अभियन्ता ताम्राकारका अनुसार भक्तपुरमा पर्यटकहरू केही समय मात्र बिताउने प्रवृत्तिलाई परिवर्तन गर्दै साँझको समय पनि आकर्षक बनाउने र बसाइ लम्ब्याउने लक्ष्य राखिएको छ । “पर्यटकलाई यहाँको संस्कृति, सम्पदा र वातावरणसँग जोड्दै स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने हाम्रो उद्देश्य हो,” उनले बताए ।

No description available.

पाँचतल्ले मन्दिर अगाडि गरिएको उक्त फायर शोले भक्तपुर साँझको समयमा पनि सुरक्षित र जीवन्त गन्तव्यका रूपमा विकास भइरहेको संकेत दिएको छ । आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भक्तपुरलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित: ८ चैत्र २०८२ २१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App