२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नर्भिक अस्पतालको पेसी ढिलो भएको भन्दै सर्वोच्चलाई बालेनको व्यंग्य

उनले 'अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकालपछि आउँछ कि’ भन्दै आफूलाई सो पेसी कुर्दा कुर्दै बुढो भएको देखाउँदै आफ्नो आधिकारीक फेसबुक पेजमार्फत् सर्वोच्च अदालतलाई व्यंग्य गरेका हुन्।

प्रतिनिधिसभामा नेता गिरीको शोक प्रस्ताव पारित

गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

जाजरकोट अस्पतालमा औषधि सकिएपछि बिरामी समस्यामा

दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ। मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदैँ आएको छ।

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ। कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि ५५ रुपैँया करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ।

स्वास्थ्य सेवा विस्तारका लागि दुई पक्षबीच सम्झौता हुने

महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।

मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टल अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलले दिने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।

डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने, यो अत्ति हो, यो अत्याचार हो: मेयर शाह

'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'

सर्पकाे टाेकाइबाट कम्युनिष्ट नेता कडायतको निधन

आज बिहान एकाएक अस्वस्थ भएपछि उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। उनलाई चिकित्सकले थप उपचारका लागि रिफर गरेको थियो। उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बर्दियाको राजापुरमा निधन भएको आफन्त चेतबहादुर बोहराले जानकारी दिए।

कृषकलाई दुई करोड अनुदान

'प्रदेश र सङ्घीय सरकारबाट चार करोड पाँच लाख ८० हजार रुपैँया बजेट विनियोजन भएको थियो', उनले भने, 'तीन करोड ५९ लाख ३६ हजार ३९२ रुपैँया खर्च भएको छ।'

मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए।

वीर अस्पतालमा बेड र क्याबिन मिलाइदिने बिचौलियाको बिगबिगीः सांसद प्रधान

नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले वीर अस्पतालमा सेवाग्रहीहरुले विभिन्न किसिमका अड्चन र समस्याहरु व्यहोर्नुपरेको बताएका छन्।

बैतडीमा एक लाख ७८ हजार बढिलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन्।

सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्