coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने, यो अत्ति हो, यो अत्याचार हो: मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन्।

मेयर शाहले आफ्नो सामिक सञ्जाल फेसबुकमार्फत् तस्बिर राख्दै भनेका छन्, 'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'

बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौँको माइतिघरमा लामो समयदेखि आन्दोलित थिइन्। उनले आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै गुनासोसहित शुक्रबार राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन्।

आत्महत्या प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन्। उनलाई भेट्न आज मेयर शाह त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए।

प्रकाशित: २८ श्रावण २०७९ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App