८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कोराना संक्रमणले एकको मृत्यु

कोराना भाईरसको संक्रमणले सेती प्रादेशिक अस्पतालमा शुक्रबार एक जनाको मृत्यु भएको छ। कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए। नयाँ लहरको कोरोना संक्रमण फैलिएपछि सुदूुरपश्चिममा मृत्यु भएको यो पहिलो हो। उनले खोप लगाएका थिएनन्।

सेती प्रादेशिक अस्पतालमा कोभिड १९ का संक्रमितहरु भर्ना हुने क्रम बढेको छ। अस्पतालमा १९ जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। पछिल्लो एक सातायता कोरोना संक्रमण फैलिन थालेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परीक्षण गर्दा गत शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिबार ३२ जनामा संक्रमण देखा परेको थियो।

यसैगरी आईतबार ३२ जना, सोमबार ३६ जना नयाँ संक्रमित देखा परेका थिए भने मंगलवार ६ सय ८९ जनाको परीक्षण गर्दा ५० जनामा संक्रमण देखा परेको छ।

बुधबार ५ सय ४६ जनामा परिक्षण गर्दा ५४ जनामा संक्रमण देखा परेको छ। बिहिबार ६ सय ५३ जनाको परीक्षण गरेकोमा ६१ जनामा कोराना संक्रमण देखिएको छ।

कोरोना परीक्षण गरेको मध्ये करिब १० प्रतिशतमा कोरोना संक्रमण देखा परेको छ। सुदूरपश्चिम प्रदेशमा २ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी कैलालीमा र कन्चनपुरमा संक्रमित देखा परेका छन्।

गत एक महिनादेखि फाटफुट नयाँ संक्रमित देखा पर्न थालेकोमा पछिल्लो एक सातायता कोरा्नाको संक्रमण बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो एक सातायता प्रत्येक दिन कोरोना भाईरसको नयाँ संक्रमित हुनेको संख्या बढ्दै गैरहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा सुरुदेखि अहिलेसम्म ६० हजार १ सय ३२ जनामा कोरोनाको संक्रमण देखा परिसकेको छ भने ६ सय ३४ जनाले ज्यान गुमाएका छन्।

कोरोना संक्रमण बढ्दै गएपछि सर्वसाधारणले कोरोना संक्रमणबाट जोगिने उपाय अवलम्बन गर्ने र सावधानीका मापदण्ड अपनाउने गरेका छैनन्।

कोरानाको महामारी फैलिँदा मास्क लगाएर हिँड्ने, भीडभाडमा दूरी कायम गर्ने, सेनिटाईजर प्रयोग गर्ने लगायतका सावधानी अपनाएका सर्वसाधारणले अहिले सावधानीका उपाय अवलम्बन गर्न छोडेका छन्। संक्रमण बढ्न थालेपनि सार्वजनिक ठाउँमा भिडभाडमा पनि मास्क प्रयोग नगरी हिँडडुल गरिरहेका देखिन्छन्।  

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा. शेर बहादुर कुंवरले एक महिनायता फाटफुट नयाँ केस देखा पर्न थालेकोमा एक सातायता संक्रमण बढ्दै गएको बताए। कोरोना संक्रमणको अर्को लहर सुरु हुन थालेको उनी बताउछन्। समुदायमा संक्रमण फैलिन सक्ने भएकाले सावधानीको मापदण्ड अपनाउनुपर्ने उनको भनाई छ। बालबालिका, जेष्ठ नागरिक र दिर्घरोगीलाई संक्रमणको जोखिम बढी रहेको उनले बताए। रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने र जिउ दुख्ने लगायतका लक्षण संक्रमितहरुमा देखा परेको उनले बताए। बालबालिका, जेष्ठ नगारिक , दिर्घरोगी, खोप नलगाएकालाई जोखिम बढी हुने उनी बताउछन्।

भारतका विभिन्न ठाउँबाट गड्डाचौकी र गौरिफन्टा नाकाबाट फर्कनेहरुको सीमा नाकामा एन्टिजेन परीक्षण गर्न थालिएको छ। सबैको परीक्षण नभई समूहमा रहेका र लक्षण भएकाको परीक्षण गर्ने गरिएको सीमामा परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मीले बताएका छन्। कोराना संक्रमण बढ्न थालेपछि सिमानाकामा सर्तकर्ता बढाइएको छ। प्रदेश सरकार, धनगढी उपमहानगपालिका, भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिकाले सीमा नाकामा स्वास्थ्यकर्मी खटाएका छन्। कोराना संक्रमितलाई कोभिड अस्पताल पठाउन सिमामा एम्बुलेन्स पनि राखिएको छ।

प्रकाशित: २० श्रावण २०७९ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App