२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेस नेता भण्डारीको सफल शल्यक्रिया

नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ। करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो।

अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने माग

विराटनगरमा रहेको कोशी अस्पतालको गैह्रकानुनी रुपमा ओगटेको जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।

कानुन छ, चेतना छैन

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको पर्खाइमा छन्।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

सबैभन्दा बढी हाडजोर्नी र नसाका रोगी

भक्तपुरको ख्वप अस्पतालमा सबैभन्दा बढी सेवा लिने अर्थाेपेडिकका बिरामी रहेका छन्। अस्पतालले राखेको तथ्यांकअनुसार पछिल्लो गत आर्थिक वर्ष २०७९/८० मा अस्पतालबाट २४ हजार ५ सय ४ जनाले अर्थोपेडिक सेवा लिएका हुन्।

खिया लागेको टोमाथेरापीको सट्टामा नयाँ आउँदै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका लागि ६ वर्षअघि खरिद भएको टोमाथेरापी मेसिनमा खिया लागेर प्रयोगविहीन भएपछि सम्बन्धित कम्पनीले सट्टामा नयाँ टोमाथेरापी दिएको छ।

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।

कोशी अस्पतालको जग्गा फिर्ता गर्न संघर्ष समिति गठन

कोशी अस्पताल रहेको विराटनगर–७ मा ५ बिघा ८ कट्ठा जग्गा छ। अस्पतालको करिब १५ कट्ठा बढी जग्गा मन्दिर, क्षयरोग निवारण संस्था, पुस्तकालय र रेडक्रस सोसाइटीले गैरकानुनी रुपमा वर्षौंदेखि ओगट्दै आएको छ।

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ।

सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीको क्रिमसन अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ :मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

मनकामना अस्पतालमा अवैध गर्भपतन, बिरामीको मृत्युपछि साढे २७ लाख दिएर ढाकछोप

चितवनको मनकामना अस्पतालले सम्बन्धन प्राप्त नगरी गर्भपतन गराउने गरेको खुलेको छ। गर्भपतनका क्रममा चार महिने गर्भवतीको मृत्यु भएपछि सम्बन्धित निकायबाट सम्बन्धन नलिई गर्भपतन गराउने गरेको खुलेको हो।

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

चितवन सहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्। चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

सरकारी अस्पतालमा पेट स्क्यान नहुँदा मारमा विपन्न

भरतपुर क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन किन्ने तयारी गरिरहेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवको सिफारिसमा तत्कालीन सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरे पनि अहिलेसम्म किनिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्