१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सबैभन्दा बढी हाडजोर्नी र नसाका रोगी

भक्तपुरको ख्वप अस्पतालमा सबैभन्दा बढी सेवा लिने अर्थाेपेडिकका बिरामी रहेका छन्। अस्पतालले राखेको तथ्यांकअनुसार पछिल्लो गत आर्थिक वर्ष २०७९/८० मा अस्पतालबाट २४ हजार ५ सय ४ जनाले अर्थोपेडिक सेवा लिएका हुन्।

हाडजोर्नी तथा नसा (अर्थाेपेडिक) सम्बन्धी रोगी नै अर्थाेपेडिकका रोगी हुन्। एक सय शय्याको अस्पतालले आफ्ना विशेषज्ञ सेवाहरूलाई थप विस्तार गर्दै करिब ७० जिल्लाका दैनिक ७ सय ५० भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।

अस्पतालका लागि आवश्यक चिकित्सक र कर्मचारीको पदपूर्ति आफ्नै स्रोतमा गर्दै आएको छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस अस्पतालले आव २०७९/८० मा २ लाख २० हजार ४ सय ३७ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ। यसअन्तर्गत आव २०७९/८० मा अस्पतालबाट २ हजार २ सय ४७ जनाले फिजियोथेरापी सेवा, १२ हजार ९ सय २७ जनाले बाल चिकित्सा सेवा, १२ हजार ८ सय ९७ जनाले नाक, कान र घाँटीको सेवा पाएका छन्।

यस्तै ९ हजार ८ सय २७ जनाले स्त्रीरोग विशेषज्ञ सेवा, ५ हजार ६ सय १३ जनाले छाला रोग सेवा, ५ हजार ७४ जनाले ल्याब सेवा, १६ हजार ८ सय ८८ जनाले इमर्जेन्सी सेवा पाएको तथ्यांक छ। साथै १६ हजार १ सय ५६ जनाले डेन्टल सेवा लिएका थिए भने १ लाख ७ सय ७४ जनाले जनरल ओपिडी सेवा पाएका थिए।

१ हजार ९ सय ४० जनाले जनरल सर्जिकल ओपिडी सेवा, ५ हजार ६ सय ५२ जनाले इन्टरनल मेडिसिन सेवा, १ हजार ७ सय ५४ जनाले कार्डियोलोजी, ३ हजार २७ जनाले एमजिडिपी सेवा लिएका थिए। आव २०७८/७९ मा ख्वप अस्पतालबाट कुल १ लाख ७५ हजार ९४३ जना बिरामीहरूले स्वास्थ्य उपचार सेवा लिएका थिए ।

प्रकाशित: २६ श्रावण २०८० ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App