लुट्न सके लुट सरकार!
राजस्वले चालु खर्च धान्न नसकिरहेको अवस्थामा आर्थिक व्ययभार बढाउने गरी सरकारले राजनीतिक भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ।
राजस्वले चालु खर्च धान्न नसकिरहेको अवस्थामा आर्थिक व्ययभार बढाउने गरी सरकारले राजनीतिक भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ।
राज्यबाट कुनै पनि सहयोग र सुरक्षा नपाएर विरक्तिएका युवाहरू फेरि दुःखको पोको बोकेर विदेशिनुपरेको वास्तविक कथा। त्यति मात्र हैन। तुलसीपुरका श्याम वलीको सरकारी कलेजमा पढ्नका लागि गर्नुपरेको सङ्घर्षको कथा।
चौथों संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले हात पारेको छ।
वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्यो।
२० औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड होटल याक एण्ड यतिको लाल दरबार हलमा हुने भएको छ।नेपालको बहुप्रतिष्ठित पाँचतारे होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ।
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् ।आज बिहीबार स्वतन्त्र ऊर्जा उत्पादाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन्।
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ।
आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।
आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकाको विभिन्न मैदानमा हुने विश्वकप क्रिकेटमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छ।
सेलेट्रोन नेपालले अनर एक्स ९ बी जनवरीमा ल्याउने भएको छ। ‘द अनब्रेकेबल स्मार्टफोन’ ट्याग लाइनका साथ अनर एक्स ९ बी सबैभन्दा बलियो डिस्प्लेका लागि विश्वभर प्रख्यात रहेको कम्पनीले बताएको छ।
नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस एन टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ।
बिहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका ३१ मा शंखमुल शाखा र वडा २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो।