३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एक लाख बिक्यो टिभिएस एन टर्क

नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस एन टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ।

२०१८ मा नेपालमा लन्च भए यता स्मार्ट स्कुटर टिभिएस एन टर्क एक लाख बिक्री भइसकेको कम्पनीले जनाएको छ। बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस एनटर्कले चाँडै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीले बताएको छ।

 जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले लन्च गरेको छोटो अवधिमै लाख एन टर्कहरू रोडमा गुडिसकेको उल्लेख गर्दै ग्राहकको माया र विश्वासको लागि कृतज्ञ भएको बताए।

प्रकाशित: ५ माघ २०८० ०२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App