७ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्णाली अस्पताललाई युगान्डाका नेपालीको अक्सिजन सिलिण्डर

तीन लाख रुपैयाँ बराबरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन्। कोरोना महामारीका कारण नेपालका ठूला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुने गरेपछि युगान्डामा रहेका नेपालीले पनि कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन्।

प्रदेश अस्पताललाई प्याब्सनले दियो २० थान सिलिन्डर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिले प्रदेश अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

लेखा समितिले माग्यो स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवरण

कर्णाली प्रदेशको सार्वजनिक लेखा समितिले कोभिड–१९ काे महामारी रोकथाम तथा नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य संस्थालाई अक्सिजन प्लान्ट तथा अक्सिजनसम्बन्धी अन्य सामाग्री खरिद गर्न विनियोजित बजेटबाट स्वास्थ्य संस्थाहरूले गरेका सामाग्री खरिदसम्बन्धी विवरण माग गरेको छ।

जुम्ला अस्पताल: दुई सातामा तीन जना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ। कालिकोट तिलागुफा नगरपालिकाका ८० वर्षीय एक संक्रमितको बिहान मृत्यु भएको हो।

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१० पुग्यो

कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

कर्णाली प्रतिष्ठानमा विशेषज्ञ सेवा थप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन ।

कोरोना उपचारमा कर्णाली भरोसा

एक साताअघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । उनको अहिले उपचार भइराखेको छ । झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे ।

प्रदेश अस्पताललाई संघ मातहत लिने निर्णयको कांग्रेसद्वारा विरोध

नेपाली कांग्रेसले प्रदेश सरकार मातहतको कर्णाली प्रदेश अस्पताललाई संघमा लिने निर्णयप्रति आपत्ति जनाएको छ। २०७५ सालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश मातहत ल्याइएको थियो।

शव व्यवस्थापनका लागि चाहिने सामग्री अस्पतालले निःशुल्क दिने

शव व्यवस्थापनका लागि मृतकका आफन्तहरुले सास्ती भोगिरहेका बेला प्रदेश अस्पतालले आवश्यक सामाग्रीहरु अस्पतालबाटै निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

कर्णालीमा टिप्पर खस्दा दुई जना बेपत्ता

लमहीबाट जुम्लातिर सिमेन्ट लिएर गएको बा५ख २१८३ नम्वरको टिप्पर राजमार्गबाट कर्णाली नदिमा खस्दा चालक र सहचालक बेपत्ता भएका हुन्। सडकदेखि १ सय ५० मिटर तल टिप्पर खसेको दैलेख प्रहरीले जनाएको छ।

विकासे रकम कोरोना नियन्त्रणमा

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरूमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० शय्या रहेका छन्। थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

कर्णालीमा कोरोनाको छुट्टै युनिट

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन सर्वदलीय÷सर्वपक्षीय निर्देशक समिति बनाइएको छ। ‘बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेकै संरचनाले प्रभावकारी काम गर्न नसक्ने देखिएकाले प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै युनिट तयार पारेका हौं,’ मुख्यमन्त्री शाहीले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्