६ आश्विन २०८१ आइतबार
image/svg+xml

मधेसी मोर्चामा आबद्ध पार्टीहरु एकीकरणको प्रयासमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध छ वटा दलले एकीकरणको प्रयास थालेका छन्। एकीकरणको लागि मोर्चामा आबद्ध पार्टीका दोस्रो तहका नेताहरुले लबिङ थालेका छन्।

मधेसी मोर्चाको नसमात्नुपर्ने बाटो

मोर्चाका स्वनामधन्य नेताहरूले संसदीय गणित, प्रम्ुख प्रतिपक्षीको भूमिका, मोर्चामा आबद्धहरू आफँै छिन्नभिन्न हुन लागेको अवस्था र स्थानीय निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्न्ो राजनीतिक परिदृश्यहरूको आलोकमा निर्णय गर्न सक्नुपर्छ, त्यो नै मोर्चा र मुलुकको हितमा हुन जान्छ।

मधेसी मोर्चा झनै कठोर

सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ। साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

मधेसमा झगडाको बिउ नरोपौं : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादको नारा लगाउनेहरूले नै मधेस र पहाडबीच झगडा पार्ने राष्ट्रघाती कदम चालिरहेको आरोप लगाएका छन्। 'एमालेका लागि यो दुर्भाग्य नै हो', चुनावी अभियानअन्तर्गत सोमबार तुलसीपुरमा आयोजित ५ नम्बर प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले भने, 'मेलमिलापको बाटो अवलम्बन गर्नुको साटो नेपालकै भूभाग मधेसलाई अलग्गै मुलुक देख्ने काम सबैभन्दा राष्ट्रवादी कहलिएको दलले गरिरहेको छ।'

'मधेसी मोर्चाबाट हाम्रा छोरी–बुहारीलाई किन यस्तो?'

एमाले सांसद सत्यनारायण मण्डलले सोमबार संसदमा बोल्दै मधेसी मोर्चाका कारण छोरी-बुहारी असुरक्षित भएको आरोप लगाएका छन्। आइतबार समाजवादी फोरमका जिल्ला अध्यक्ष दिनेश यादबको नेतृत्वमा गएको हुलले सप्तरीस्थित घरभित्र प्रवेश गरी आफ्नी श्रीमती तथा बुहारीलाई लछारपछार गरेको विवरण उल्लेख गर्दै उनले भने, 'सभ्य समाजका लागि यस्तो हर्कत सुहाउने कुरा होइन।'

मधेसलाई नचिढ्याऔं : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसीलाई चिढ्याएर एमाले देश टुक्र्याउन सक्रिय रहेको आरोप लगाएका छन्। 'पहाड र मधेसबीच झगडा गराउने षड्यन्त्र भइरहेको छ', कैलालीको अत्तरियामा आइतबार प्रदेश नम्बर ७ स्तरीय चुनावी अभियान आरम्भ गर्दै देउवाले भने, 'यस्तो कार्य राष्ट्र हितविपरीत छ।'

लहानमा एमाले र मधेसी मोर्चाबीच झडप, १८ नियन्त्रणमा

लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो।

मधेसी दलसहित चुनाव : कांग्रेस

नेपाली कांग्रेसले तराई/मधेस केन्द्रित दललाई साथ लिएर स्थानीय तह निर्वाचनमा जानुपर्ने ठहर गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको केन्दीय समिति र संसदीय दलको संयुक्त बैठकले दलीय सहमतिमा तराई/मधेसका मागलाई समाधान गर्नुपर्ने ठहर गरेको हो।

तराई–मधेस द्वन्द्वको प्रभाव

मधेसमा रहेका गरिबी, जातीय, वर्गीय, लैंगिक विभेद अन्त्यको सुरुवात स्थानीय तहको निर्वाचनबाट हुने हुँदा सामन्ती प्रवृत्तिका मधेसी नेताहरूका लागि यो आफ्नो राजनीतिक भविष्य अन्त्यको सुरुवात हुने हुँदा उनीहरू जसरी पनि यो निर्वाचन रोक्न लागिपरेको देखिन्छ।

मधेसी मोर्चा फकाउन प्रधानमन्त्रीको अर्काे प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँचबुँदे प्रस्तावलाई संसद्मा लैजाने बताएका हुन्।

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

पृथ्वीनारायणको समयदेखि मधेसी शोषित : अध्यक्ष ठाकुर

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पृथ्वीनाराण शाहको पालादेखि नै मधेसी समुदाय शोषित हुँदै आएको बताएका छन्।

गच्छदारले पार्टीबाट ‘मधेसी’ शब्द  हटाउने

विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको छ ।

एमालेको मधेस अभियान

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ देखि तराईमा मेची–महाकाली अभियान सुरु गरेको थियो। तराई मधेसमा केही वर्षदेखि आफ्नो जनाधार कमजोर हुँदै गएको तथा एमालेको तवि मधेस विरोधी बन्दै गएकाले यसलाई चिर्न यो अभियान सञ्चालन उसले बताएको छ ।

पाँच मधेसी दलबीच एकता प्रयास

मधेसी मोर्चामा आबद्ध पाँच दलले एकीकण प्रयास अघि बढाएका छन्। संसद्मा ५ सिट भएको सद्भावना पार्टी, तीन–तीन सिट भएका राष्ट्रिय मधेस सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी तथा एक–एक सिट भएका नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण प्रयास थालिएको ती दलका नेताले बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्