४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मधेसी युवाको दाइजो मोह

युवा शब्द सुन्नेबित्तिकै मानसपलटमा एउटा बिम्ब बन्ने गर्छ–हृष्टपुष्ठ शरीर भएको, जोश/जाँगरले भरिपूर्ण, नयाँ विचार बोकेको, समाज परिवर्तनको संवाहक आदि। त्यसैले व्यक्तिदेखि समाज र राष्ट्र सबैलाई नयाँ विचारले परिवर्तन गर्ने नै युवावर्ग हो।

मधेसमा कांग्रेसको जागरण अभियान : पुरानो साख फर्काउने प्रयास

नेपाली कांग्रेसको प्रमुख आधारभूमी तराई मधेस पनि हो। आधारभूमीमा लोकप्रिय मत पाउँदा कांग्रेस सत्तामा जोडदार उपस्थिति बनाउँछ। नपाए प्रतिपक्षमा पुग्छ। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस आधारभूमीमै नराम्ररी पछाडि पर्दा अहिले प्रतिपक्षको हैसियतमा छ।

मधेसी भनेर हेपियो

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

मधेसका जनतासँग सरकारले विभेदपूर्ण व्यवहार गर्‍यो : सांसद साह

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले मधेसका जनता माथि सरकारले विभेद पूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको वैठकमा बोल्दै उनले आन्दोलनका मागलाई राजनीतिक सेटलमेन्ट गर्नुपर्ने माग गरे।

मधेस प्रदेश होइन, मिथिला

करिब ६ महिनाको अभ्यासपछि आयोगले वैशाख १९ गते प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ। उक्त आयोगले प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुर सिफारिस गरेको छ।यसले गर्दा प्रदेश दुईमा ठूलो तरंग ल्याएको छ।

नामसँगै सकियो फोरमको अजेन्डा

०५४ सालतिर गैर सरकारी संस्थाको रूपमा स्थपित मधेसी जनअधिकार फोरम ०६२ सालदेखि राजनीतिक दलका रूपमा स्थापित भएको थियो। राजनीतिक दल बनेपछि छोटो समयमै मधेस र मधेसवादको पर्यायका रूपमा ‘फोरम’शब्दले राजनीतिक उचाइ र लोकप्रियता पायो। ०६३ को अन्तरिम संविधानका प्रतिलिपी जलाएर आन्दोलनमा होमिएको फोरम पहिलो संविधानसभामा तराईको महत्वपूर्ण शक्तिका रूपमा उदायो। राजनीतिक पहिचान र सफलता हासिल गरे पनि टुट र फुटको मधेसवादी दलको पुरानो इतिहासबाट भने फोरम अछुतो रहन सकेन।

सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र गुप्ता कसका सांसद ?

उनीहरूले तत्कालीन एमालेको चुनाव चिह्न लिँदै चुनावपछि एमालेमा प्रवेश गर्ने संकेत गरे। राजपाका तत्कालीन अध्यक्षमण्डलको स्थायी आमन्त्रित सदस्य त्रिपाठीसहित, महासचिव बृजेशकुमार गुप्ता, नेताहरू पशुपतीदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश सुक्ल थिए।

समस्या समाधान हुने गरी आयोगले काम गर्छ : डा दत्त

मधेशी आयोगद्वारा आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष डा दत्तले मधेसी समुदायको अधिकारका लागि आयोगले काम गर्ने बताए।

मधेस तराइ फोरम नेकपामा विलय

मधेस तराइ फोरम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विलय भएको छ। विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानमा देखिएका असन्तुष्टि संसदको माध्यमबाट सम्बोधन हुने विश्वास ब्यक्त गर्दै उक्त दल नेकपामा समायोजन भएको हो।

चुपचाप छैन मधेसी समाज

घरबाहिरको काम, उद्यम वा अध्ययन, मधेसी महिलाका लागि अझै चुनौतीपूर्ण सपना सरह छ । मधेसका महिलाको दैनिकी भनेकै परम्परागत चुलोबाट सुरु भई चुलोचौकोमै समाप्त हुन्थ्यो, कतै कतै अझै यस्तै छ । पछिल्लो समय यो चुनौतीपूर्ण सपना साकार पार्न धेरै मधेसी महिला अघि बढेका छन् । उच्च शिक्षा अध्ययन र उद्यमतर्फ मधेसी महिलाको बढ्दो सहभागिताले समाजमै बदलाब सुरु भएको अनुभूत गर्न थालिएको छ ।

विद्यालयमा ‘जन्ती बिदा’

विद्यालयको पठन पाठनदेखि बिदा सामान्यतः शैक्षिक क्यालेण्डर अनुसार हुन्छ। तर, मधेसका विद्यालयहरुमा बिदा शैक्षिक क्यालेण्डर बाहेक पनि बिदा हुन्छ ‘जन्ती बिदा’। अर्थात गाउँमा आउने बिहे जन्तीको खानपान र आवासका लागि विद्यालय बिदा दिइन्छ।

‘काल’ बन्दै दाइजो

तराई–मधेसका महिलाहरू सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात् ‘ससुराल’ जान्छन्। तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बनेको छ।

मधेसी दलप्रति सीके राउत कठाेर – 'जनताको नाममा सत्तामा पुग्नेको अब दुकान बन्द गरिन्छ’

शनिबार मिर्चैयाको मोहान माविमा जनमत पार्टीको पहिलो जनसभामा बोल्दै राउतले सरकारसँग सम्झौतापत्रमा होइन विजयपत्रमा सहमति गरेको दाबी गरे। ‘हामीले जनमतसंग्रह मागेका थियौं’, उनले भने, ‘सरकारले हामीलाई जनअभिमत दियो।’

बदलिँदै मधेसी समाज

मधेसका बुहारीहरुको दैनिकी भनेको खाना पकाउने, घाँस काट्ने, चुलोचौको गर्ने र बालबच्चा रेखदेख गर्ने थियो। कुनै बेला यति काममा मात्रै मधेसका अधिकांश बुहारी सीमित थिए।

सत्ताधारी दलले मधेसी समुदायलाई विदेशी नजरले हेर्‍योः नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले मधेसी समुदायलाई विदेशी नागरिकको रुपमा व्यवहार गरेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले भने, ‘सत्ताधारी नेकपा सबै मधेशीलाई विदेशी देख्छ। ‘जुन कुरा मधेशी समुदायप्रति उसको व्यवहारले पुष्टि गरिसकेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्