२७ पुस २०८१ शनिबार
image/svg+xml

प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान

एक रुपैयाँले के आउँछ र? तर यही एक रुपैयाँले काभ्रेका दूध उत्पादक किसानलाई नसोचेको खुसी ल्याइदिएको छ। दूध उत्पादनमा अग्रणी काभ्रेका किसानले बढी दूध उत्पादन गरेर योगदान पुर्‍याएबापत सरकारले खरिद मूल्यमा एक रुपैयाँ थपिदिएको हो।

आँखा लेन्स उद्योग स्थापना गर्न सरकारी अनुदान

नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले अनुदान दिने भएको छ । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स प्रयोगशालालाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले अनुदान स्वरुप १० करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

महाभूकम्प गएको दुई वर्षपछि खोटाङका भूकम्प पीडितलाई निजी आवास अनुदान वापतको रकम वितरण गर्न थालिएको छ ।

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

कृषिलाई आधुनिकीकरण गर्दै लैजान रौतहटमा आधुनिक धानको बीउ ल्याइएको छ । जिल्ला कृषि सामग्री आपूर्ति समिति रौतहटको सिफारिसमा विभिन्न सहकारी तथा डिलर मार्फत जिल्लामा ८० मेट्रिक टन आधुनिक धानको बीउ अनुदानमार्फत ल्याइएको छ ।

अनुदान वितरणमा थप चार अर्ब अख्तियारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई अनुदान वितरण गर्न थप चार अर्ब रुपैयाँ अख्तियारी दिएको छ ।

गुम्बाको ३७ करोड अनुदान थन्कियो

भूकम्पबाट क्षतिग्रस्त गुम्बा तथा विहार पुनर्निर्माणका लागि निकासा भएको करिब ३७ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पुगेर थन्किएको छ । अनुदान लिन पूरा गर्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण अनुदान पाउने सूचीमा परेका गुम्बाले हालसम्म रकम नपाएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बताए ।

२३ महिनापछि अनुदान सम्झौताको काम सुरु

हाभूकम्प गएको २३ महिनापछि खोटाङमा निजी आवास अनुदान सम्झौता सम्बन्धीका काम अघि बढेको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास अनुदान सम्झौताका लागि पूर्व तयारी स्वरुप दिक्तेलमा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।

भूकम्पपीडितको नाममा दिइएको अनुदान फिर्ता हुँदै

भूकम्पपीडितका नाममा अनुदानलगायत सुविधा उपभोग गरेका परिवारले काभ्रेपलाञ्चोकमा पहिलो किस्ताबापतको रकम फिर्ता दिन थालेका छन् ।

किसानलाई दूधमा अनुदान

सरकारले दूध उत्पादनको क्रममा किसानलाई दिँदै आएको अनुदानको ढाँचालाई परिस्कृत गर्दै अब दूध उत्पादन गरेपछि अनुदान दिने तयारी थालेको छ। पशुपालनमा अनुदान दिने पूरानो ढाँचाले अपेक्षित उपलब्धी हासिल हुन नसकेपछि सरकारले दूध उत्पादन गरेपछि अनुदान दिने नीति ल्याएको हो।

अनुदानको ९० करोड खातामै

पहिलो किस्ताको ५० हजार रुपैयाँले घर बनाउन थालेका भूकम्प पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन्। रकम अभावमा निर्माणाधीन घरसंरचना अलपत्र परिरहँदा सरकारले पीडितलाई दोस्रो किस्तामा वितरण गर्न पठाएको झन्डै अर्ब रुपैयाँ भने खातामा थन्किएको छ।

जलविद्युतको अनुदानमा अर्थ सहमत

लामो समयको लबिङपछि जलविद्युत आयोजनालाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिन अर्थ मन्त्रालय सहमत भएको छ। सरकारले बजेट वक्तव्यमार्फत ल्याएको नीति कार्यान्वयन गर्न पनि लामो लबिङ गर्नुपरेको जलविद्युत उत्पादकहरुले बताए।

किसानको आय सुधार्न सवा अर्ब अनुदान

किसानको आयस्तरमा सुधार ल्याउन सरकारले करिब सवा अर्ब रुपैयाँ अनुदान वितरण सुरु गरेको छ। कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजनामार्फत सवा अर्ब रुपैयाँ प्रदान गर्न किसानसँग अनुदान सम्झौता गरेको हो।

महानगरका सामुदायिक अस्पतालले अनुदान नपाउने, गाउँकालाई प्राथमिकता

सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँकेन्द्रित गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको छ।

भूकम्पमा आंशिक क्षति भएका घरलाई पनि अनुदान

भूकम्पबाट आंशिक क्षति भएका घर भत्काएर नयाँ बनाउन चाहे सरकारले पूर्ण क्षति भएका घर निर्माणसरह अनुदान दिने भएको छ।

त्रियानब्बे प्रतिशत भूकम्पपीडितले बुझे अनुदानकाे पहिलाे किस्ता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्