१ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरू राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ।

मृगेन्द्रराज पाण्डे पुरस्कार डा. कोइरालालाई

डा. मृगेन्द्रराज पाण्डे पुरस्कार–२०७९ प्राध्यापक डा. तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ।

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ

शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्।

‘सम्झनामा माधव गुरु’ विमोचित

इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।

पाथीभरा बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र कर्मचारी संघमा निर्विरोध नयाँ नेतृत्व

संघको उपसभापतिमा भीम कार्की, सचिवमा मानसिंह राई र कोषाध्यक्षमा मुना केदेम रहेका छन्। संघमा दालु शेर्पा, उमेश अधिकारी, टीकाराम दाहाल, प्रेमकुमार गुरुङ र नवराज आचार्य सदस्य रहेको पाथीभरा क्याम्पस प्रशासनले जानकारी दिएको छ।

३६ वर्ष त्रिविमा पढाएका शिक्षक उपदानका लागि भौतारिँदै

नेपालका विश्वविद्यालयमा पढाउन योग्य शिक्षक पर्याप्त नहुँदा त्रिभुवन विश्वविद्यालयका तत्कालीन डिनसहितका प्राध्यापक पटना विश्वविद्यालय पुगेर अंग्रेजी, गणित, विज्ञान तथा संस्कृत पढाउने शिक्षक ल्याउने गर्थे। त्यही क्रममा २०३९ सालमा झा अंग्रेजी शिक्षकका रूपमा नेपाल ल्याइएका थिए।

आंशिकलाई करार गर्न त्रिवि सहमत

आन्दोलनरत समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवनकुमार झा र त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले हस्ताक्षर गरेको १३ बुँदे सहमतिमा त्रिविमा कार्यरत आंशिक शिक्षकको समस्या समाधानार्थ करारमा लैजान दरबन्दी थप गर्ने उल्लेख छ।

आइयूसिएनकाे सल्लाहकारमा प्राध्यापक सुर्य प्रसाद सुवेदी नियुक्त

प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई द इन्टरनेशनल यूनियन फोर कन्जरभेसन अफ नेचर आइयूसिएन को ब्यूरोले कानूनी प्रक्रिया सल्लाहकारका रुपमा नियुक्त गरेका छन्।

समावेशी शिक्षासम्बन्धी सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष)शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

बौद्धिक चोरी आरोपमा प्राध्यापक कारबाहीमा

बौद्धिक चोरी गरेर अन्तर्राष्ट्रिय जगत्मा त्रिविको बदनाम गरेको भन्दै विश्वविद्यालयले कारबाहीको कडा कदम चालेको हो। त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्रसहित छ जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गराएका थिए।

‘सबैलाई समेटेर अघि बढ्छु’

अन्य विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदा उपकुलपति पाउन महिनौं कुर्नुपर्ने अवस्थामा काठमाडौं विश्वविद्यालयले भने यस पटक समयमै उपकुलपति प्राप्त गरेको छ। राजनीतिक खिचातानीमा अल्झिएका नेपालका विश्वविद्यालयलाई काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिले नमुना साबित भएको छ।

त्रिविका प्राध्यापकले घेरे पदाधिकारी

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आफूहरूले विश्वविद्यालयमा लामो समयदेखि सेवा दिइरहेको र भविष्यको सुनिशिचतताका लागि कारार नियुक्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर उपकुलपतिलाई कार्यालय प्रवेश निषेध गरी घेराऊ गरेको बताएका छन्।

प्राध्यापक कुट्नेलाई कारबाही माग

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक डा. प्रेम चलाउनेलाई निर्मम कुटपिट गरी घाइते बनाउने दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र डा. चलाउनेको सम्पूर्ण उपचार खर्च विश्वविद्यालयले बेहोर्नुपर्ने माग राख्दै प्राध्यापकहरूले उपकुलपति कार्यालय घेराउ गरेका छन्।

प्राध्यापक कुटेर गुरुदक्षिणा ! बदनाम बन्दै त्रिविका विद्यार्थी

‘पार्टीका नेताको खल्तीबाट उपकुलपति, रेक्टर, रजिस्ट्रार नियुक्ति हुने र प्राध्यापक विद्यार्थी नेता सामुन्ने लम्पसार पर्ने कुरीतिकै परिणाम त्रिविमा समस्या निम्तिएको हो ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्