४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरण रोक्न सांसदहरुको माग

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छिन्।

नेपालमा उत्पादित क्यान्सरको औषधि भारतमा माग

पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्र्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो।

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।

मानसिक समस्याले औषधि खाइरहेका छन् स्टोक्स

इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले मानसिक स्वास्थ्य समस्यासँगको मुद्दाका विषयमा लड्न हरेक दिन औषधि सेवन गर्नुपरेको खुलासा गरेका छन्।

लागुऔषधिसहित तीन पक्राउ

प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो।

हेमोडायलोसिसमा प्रयोग हुने डायलासेट उत्पादन अन्तिम चरणमा

नेपाल औषधि लिमिटेडले असारको तेस्रो सातादेखि सुरु गरेको हेमोडायलोसिस उत्पादन प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

छोराको उपचार गर्दागर्दै साढे १५ लाख ऋणसहित सुकुम्बासी बनेका दम्पतिको दर्दनाक व्यथा!

‘माया त लाग्छ नी, तर के गर्नु न हामी उसको उपचार गर्न सक्छौं, नत उसलाई सध्ये अवस्थामा देख्न नै सक्छौं’ मानसिक सन्तुलन गुमाएका छोराको उपचारमा श्रीसम्पत्ति गुमाए पनि छोराको दैनिकी सहज नहुँदाको पीडाले थलिएकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फूलबारीकी नरमाया भट्टराईको यस्तो बिलौनाले जोे कोहीलाई भावुक बनाउँछ।

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।

औषधि उद्योग फस्टाउने नीतिको अभाव: व्यवसायी

विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन्। कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरूको गुनासो छ।

‘६५० एमजीको सिटामोल विज्ञानसम्मत’

औषधि व्यवस्था विभागले ६५० मिलिग्राम (एमजी) को पारासिटामोल नेपालमा दर्ता गर्न गरेको सिफारिस औषधि विज्ञानसम्मत भएको प्रष्ट पारेको छ।

‘सिटामोलसहित १९ औषधि उत्पादन धराशयी’

मूल्य समायोजन नहुँदा सिटामोलसहित १९ औषधि उत्पादन ‘धराशयी’ हुँदै गइरहेको औषधि उत्पादक संघले जनाएको छ।

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताए। सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताए।

अवैध औषधिसहित एक जना पक्राउ

चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

दरबन्दी औषधि प्रयोगशालामा, हाजिर मन्त्रालयमा!

सरुवा भएको स्थानमा नपुगेका भट्टराई आफ्नो सहजताका लागि मन्त्रालय निकै धाएको स्रोतले बताएको छ। उनले औषधि प्रयोगशालामा नपठाउनका लागि अनुरोधसहित अन्य उपयुक्त स्थानमा स्थानान्तरणका लागि मन्त्रालयमा लबिङ गर्दै आएका छन्।

नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोगले संकटमा स्वास्थ्य

काठमाडौं उपत्यकाका एक सय ४७ चिकित्सक, ८७ वटा फार्मेसी र तीन सय ४३ जना बहिरंग विभागमा आएका बिरामीलाई एन्टिबायोटिक प्रयोग तथा बिक्री अभ्यासको बारेमा नमुना लिएर अध्ययन गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्