२३ असार २०८१ आइतबार
image/svg+xml

अझै मिलेन मन्त्रालय भागबन्डा

सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन।

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।

जसपामा यादव समुदायकै ११ जना मन्त्रीका आकांक्षी

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) मा मन्त्रीका आकांक्षी धेरै हुँदा छनोट गर्न अध्यक्ष उपेन्द्र यादवलाई सकस भएको छ। जसपामा यादव समुदायका मात्रै ११ जनाले मन्त्रीको आकांक्षा राखेका छन्। जसपाले सरकारमा ६ वटा मन्त्रालय पाउने सम्भावना छ।

जसपा–लोसपा मधेस मन्थन

जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि दुबै दल मधेसभित्र आफ्नो जनाधार मन्थनमा व्यस्त बनेका छन्।

जसपा लुम्बिनीको समानुपातिक प्रदेश सांसदमा निर्मला भुडभरी निर्वाचित

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।

जसपाद्वारा सहिद परिवारलाई सम्मान

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेश आन्दोलनका शहिद परिवार र घाइतेहरुलाई सम्मान गरेको छ।

वर्तमान सरकारले नै निर्वाचन गराउँछः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन्।

उपेन्द्र यादवको टिप्पणीः ओली र ठाकुर समूह सत्ताच्यूत भएर जनतामा नांगिए

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र ठाकुर समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन्।

सातवटै प्रदेशमा जसपाको अभिमुखीकरण कार्यक्रम सुरु

जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ: अध्यक्ष यादव

विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिए।

जसपा पनि टुक्रियो

हस्ताक्षर सनाखत गरेपछि निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै जसपा औपचारिक रुपमा विभाजित भएको छ।

नयाँ दल दर्ता गर्न महन्थ ठाकुर निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता गुमाएपछि दलविहीन बनेका महन्थ ठाकुर नयाँ दल दर्ता गर्नका लागि निर्वातन आयोग पुगेका छन्।

जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुले लिए शपथ

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

जसपा सातापछि सरकारमा

जसपाले सरकारमा सामेल हुने विषयमा पहिल्यै निर्णय गरिसकेको छ। पार्टीबाट सरकारमा कसकसलाई पठाउने भनी टुंगो लाउने जिम्मेवारी तीन शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्