क्यान विधान संशोधनको सम्भावना
नेपाली क्रिकेटलाई मार्गदर्शन गर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) निवार्चित कमिटीको विशेष साधारण सभा मंगलबारबाट राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को गाइडलाइनअनुसार नयाँ विधान अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सुरु साधारण सभालाई सरोकारवालाहरूले विशेष चासोका साथ हेरेका छन्।