३० वैशाख २०८१ आइतबार
image/svg+xml

प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना

सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

गणतन्त्रको सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्।

टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, यस्तो देखियो तस्बिरमा

आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी मनाइएको छ।

टुँडिखेल बाहिर पत्रकारहरूको विरोध

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा समाचार सङ्कलनका लागि पुगेका पत्रकारहरूलाई भित्र प्रवेश गर्न नदिएपछि सडकमै क्यामरा राखेर उनीहरूले विरोध जनाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

आज ७४ औँ प्रजातन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह

२००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

यस वर्षको प्रजातन्त्र दिवस ३ दिन मनाइने, यस्ता छन् कार्यक्रम

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो।

पाकिस्तान र क्यानाडामा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पाकिस्तान र क्यानाडामा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा सरसफाई तथा खाद्यान्न वितरण

प्रदेश सरकारले शनिबार बिहान सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो भने दिउँसो मानव सेवा आश्रम, प्रशान्ति बृद्धाश्रम र वादी सरोकार मञ्चमा पुगेर खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको थियो।

चुनावलाई निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्छः प्रधानमन्त्री देउवा

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिए।

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ।

बहत्तरौं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ। दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ: राष्ट्रपति

प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने बताउँदै सन्देशमा राष्ट्रपतिले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गरेकी छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्