एक सुको नकमाई अफगानिस्तानबाट फिर्ता
दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि सानोडुम्बा–७ भोजपुरका राजकुमार राईलाई यतिखेर के र कसो गरौं भइरहेको छ।
दलाललाई १३ लाख रूपैयाँ बुझाएर अफगानिस्तान पुगेको १४ दिनमै फर्कनु परेपछि सानोडुम्बा–७ भोजपुरका राजकुमार राईलाई यतिखेर के र कसो गरौं भइरहेको छ।
कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ।
यतिखेर अधिकांश वाणिज्य बैंकहरूको आधार दर चार–पाँच प्रतिशत छ। राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले एक करोड रूपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय (आयात सम्बन्धीबाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा दुई प्रतिशतसम्ममात्र थप ब्याज तोक्नु पर्ने उल्लेख छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि बिदेसिएका नेपालीले नौ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स पठाएका छन्। अघिल्लो आर्थिक वर्ष आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ।
कुल निक्षेप खातामध्ये प्राकृतिक व्यक्तिको हिस्सा ९३.४८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थामा खोलिएका खातामध्ये पुरुषका ६५.२ र महिलाका ७२.३ प्रतिशत खाता सक्रिय छन्। एटिएम प्रयोगकर्तामध्ये महानगरमा प्रतिखाता एटिएम प्रयोगकर्ता २७.२८ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे।
विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ।
नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।
बैंक तथा वित्तीय संस्था परिसंघले चालु मौद्रिक नीतिमा केही बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन र सुधारका निम्ति अपनाएका कतिपय व्यवस्थाले बैंकिङ क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित बन्ने देखिएको बताएको छ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो।
सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।
हिमालयन बैंक लिमिटेड र डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजबीच क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ।
नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।
आइसिएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। उनले विगत १३ वर्षदेखि यसै फाइनान्सका विभिन्न विभागमा रहेर काम गर्दै आएका थिए।