३ मंसिर २०८१ सोमबार
image/svg+xml

न्युड आर्टमा दर्शकको घुइँचो

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

५ देशका मूर्तिकार मोरङमा, पार्क निर्माणमा व्यवसायी पुरीको १५ लाख सहयोग

करिव ५० वटा मूर्तिहरु निर्माण गरिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी फागुन २१ सम्म चल्ने आयोजक धन आर्ट स्टुडियोले जनाएको छ। कार्यशालामा राखिने मूर्ति निर्माणका लागि ६ देशका ३० जना मूर्तिकार यतिबेला बेलबारीमा रहेको सिर्जना पार्कमा धमाधम मूर्ति निर्माण गरिरहेका छन्।

उज्जैनमा नेपाली कला प्रदर्शनी

कालीदास र राजा विक्रमादित्यको सहर भनेर चिनिने भारतको उत्तर प्रदेशको ऐतिहासिक सहर उज्जैनमा नेपाली कलाकारहरूले चित्रकला प्रदर्शनी गरेका छन्। नेपालबाट त्यहाँ पुगेका नौजना कलाकारहरूको समूहले आफुसँगै लिएर गएका आफ्ना तथा अन्य कलाकारहरूले सिर्जनालाई उज्जैनको क्लब फनकार आर्ट ग्यालरीमा प्रदर्शन गरेका हुन्।

हास्य कलाकार सन्तोषले भने छोरा बिहे गर्दैन । साकार भने समयको पर्खाइमा

परिर्वतन आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्तोषको मान्यता छ। नेपाली सेनामा जागिर पाएपछि उनी आफ्नो कलाकारिताको भविष्य सुरक्षित भएको ठान्छन्।

प्राचीन मूर्ति संरक्षणमा मूर्तिकला सिकाइ

अमित लामा साम्बुलिङ गुम्बाका लामा हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २० नयाँबजारका उनी बौद्ध धर्म बारे अध्ययन गरेर लामा बनेका हुन्। उमेरले २१ वर्षमा हिँड्दै गरेका अमितमा लामा कामसँगै मूर्ति बनाउने कलामा पोख्त हुने चाहना छ। बुद्धका मूर्ति पुज्ने कामसँगै मूर्ति बनाउन पनि सिक्ने इच्छा पुरा गर्न यतिबेला तालिममा व्यस्त छन्।

वडालाई हस्तकला क्षेत्रका रूपमा विकास गर्ने योजना छ

जनप्रतिनिधिमा निर्वाचन भएलगत्तै वडावासीको भेला राखी समस्या बुझ्यौं। त्यसपछि त्यहि अनुसार विकास निर्माणका कामहरू थाल्यौं, जस्तै : भत्केको एउटा पाटी बनायौं। अहिलेसम्म तीन पाटीको छाना बनाइसकेका छौं। त्यस्तै खौमा बंशगोपालको बाटोमा इँटा छाप्ने काम गर्यौं।

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध

काश्मिरको पालुवामा आक्रमण पछि पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगाइएको छ। अल इण्डिया सिने वर्कर्स एशोसिएशनले सोमवार विज्ञप्ति जारी गरी देश पहिलो भएको र देशका लागि उभिने भन्दै पाकिस्तानी कलाकार र कलालाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ।

‘कला साहित्य उत्सव–२०७५’ घोषणा

‘कला साहित्य उत्सव’को चौथो संस्करण फाल्गुण १८ गतेबाट काँकडभिट्टामा सुरु हुने भएको छ। कार्यक्रम ३ दिन(१८, १९, २० गते) चल्नेछ। अघिल्ला वर्षहरुझैँ यो वर्ष पनि कला, साहित्य, संस्कृति, अर्थ–राजनीति, सञ्चार एवं पर्यावरणलाई समेटिने कार्यक्रम संयोजक हरि तिम्सिना बताउँछन्।

रोली बिहीबार नेपाल आउँदै

विश्व बडिबिल्डिङका हस्ती रोली विङ्कलार बिहीबार नेपाल आउने भएका छन्।  नेपाली खेलकुदमा पहिलोपल्ट आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को गेस्ट पोजरका रूपमा रोली आज दिउँसो ४ बजेर १० मिनेटमा नेपाल आउँदै छन्।

फागुन पहिलो हप्ता नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी

पाँचौं नेपाल काष्ठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचर्स ट्रेड फेयर एन्ड इभेन्टले भृकृटीमण्डपमा फागुन ३ गतेदेखि उक्त प्रदर्शनी गर्न लागेको हो।

‘काठमाडौं कलैकलाको नगरी हो’

काठमाडौंमा जता फर्किए पनि भगवान भेटिन्छन्। यहाँका कला–संस्कृति संसारमै भेटिनन्। यहाँको प्राकृतिक र सांस्कृतिक कुरा एकदमै फरक छ। काठमाडौंको मौसम पनि राम्रो छ। मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो।

मिथिला कलामा विगत र वर्तमान

सन १९७० को दशकमा उनी तराईबाट राजधानी छिर्दा आफ्नी आमासँग पशुपति दर्शन गर्न पुगेका थिए। पशुपतिमा बाँदरको हुल देखेपछि उनको मानसपटलमा ‘पशुपति’ सम्झने माध्यम जवान हुँदासम्म ताजै थियो। तर उनी कलाकार बनेर राजधानी छिरेर पशुपति पुग्दा ७० को दशकको बाँदरको हुल हेर्न पाएनन्। बाँदर हेर्न नपाए पनि उनले सडकबाटै टलक्क टल्केका सुनौला छानालाई दर्शन गरे।

‘यात्रामा पाँच गुना लगानी’

एक यात्रीको यात्रामा आइपर्ने अनेक परिस्थितिलाई चित्रण गरिएको फिल्म ‘यात्राः ए म्युजिकल भ्लग’को टिजर सार्वजनिक भएको छ। राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरिएको हो।

वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार रााणको शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

‘रणवीरका लागि तपस्या बसें’

फिल्ममा अनुबन्धित भइसकेपछि आफ्नो चरित्र अनुसार शरीरको बनावट तयार पार्न कलाकार निकै मेहनत गर्छन्। शरीरको तौल बढाउन या घटाउन होस् वा कथाले माग गरे अनुसारको गेटअप बनाउन नै किन नहोस्। आगामी शुक्रबार अर्थात् माघ १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रणवीर’का नायक सुशील सिटौलाले पनि फिल्मका लागि राम्रै मेहनत गर्नुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्