३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

‘यात्रामा पाँच गुना लगानी’

काठमाडौं – एक यात्रीको यात्रामा आइपर्ने अनेक परिस्थितिलाई चित्रण गरिएको फिल्म ‘यात्राः ए म्युजिकल भ्लग’को टिजर सार्वजनिक भएको छ। राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरिएको हो। 

सार्वजनिक टिजरमा नायक सलिनमान बनियाँ, प्रेक्षा बज्राचार्य, सलोन बस्नेतलगायतका कलाकार फिचर्ड छन्। सम्राट शाक्यको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा निर्माता तथा कलाकार केशव भट्टराई प्रस्तुतकर्ता छन्। केशवले फिल्म छायांकनको झण्डै डेढ वर्ष पछि दर्शकमाझ आउन लागेको बताए। ‘झण्डै डेढ वर्ष पछि दर्शकमाझ आउँदैछौं। केही प्राविधिक तथा केही भौगोलिक समस्याले समयमा नै काम गर्न सकिएन’, उनले भने, ‘यो फिल्ममा खर्च पनि राम्रै भएको छ। मैले निर्माण गरिरहेको फिल्मको खर्च भन्दा पाँच गुना बढी खर्च भएको छ।’ उनले अहिलेको वनावट अनुसार नै फिल्म निर्माण गरेको जनाए।

निर्देशक शाक्यले ‘यात्रा’को यात्रा सहज नभएको खुलाए। ‘फिल्ममा सहायक निर्देशकका रूपमा काम गरिरहेको म पुर्ण निर्देशक बन्दा केही असहज पनि भयो। फिल्मका कलाकार र निर्माताको सहयोगले यात्रा सहज बनेको छ’, सम्राटले भने, ‘फिल्ममा सलिन छन्। त्यसैले पनि यसलाई मैले अवसर र चुनौतीको रूपमा लिएको छु। फिल्म हेरिरहँदा नेपालको सुन्दरतासँगै दर्शकले एउटा सरल कथालाई हेर्न पाउनु हुनेछ।’

नायक सलिमानले फिल्ममा दर्शकले आफुलाई रोमान्टिकसँगै एक्सन अवतारमा पनि हेर्न पाउने बताए। फिल्ममा सलिनसँगै  सलोन बस्नेत, जाहान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली र सौगात शर्माको अभिनय छ। चिनियाँ कलाकार जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको फिल्ममा मालिका महत, अंकित संग्रौला र एन्जल राईको पनि अभिनय छ।

केशव र सुशील पोखरेलले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा केशवसँगै चिजकुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन्। फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह–निर्माता तथा सर्जुमान लिगल कार्यकारी निर्माता छन्।

 

प्रकाशित: २० माघ २०७५ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App