रसुवामा एक सय तीनलाई रोजगारी
रसुवामा आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम सुरु भएको हो।
रसुवामा आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। स्थानीय तहबाटै पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम सुरु भएको हो।
अफ्रिकन मुलुक मरिसससँग नेपालले गरेको श्रम समझदारीको समाचारले हिजो र आज धेरै मिडिया श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बने।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।
नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो? तर कतारको स्वास्थ्य परीक्षण, कामदार र कम्पनीबीच हुने श्रम सम्झौता गर्न एउटा मात्र संस्थालाई अनुमति दिनु कसरी सिण्डिकेट,ठगि र अवैध कहलिएन?
श्रम सम्झौतापछि पनि खुल्न नसकेको मलेसिया रोजगारीलाई लिएर श्रम मन्त्रालयको नेतृत्वमाथि चौतर्फी प्रश्न उठिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै साँठगाँठमा मलेसिया नखुलेको आरोप लगाएकी छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौं युवा परेका छन्। सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ। रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाम, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे। म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन्।
एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारीको निकास तत्काल खोज्न वैदेशिक रोजगारका सरोकारवालाहरुले सरकार सँग आग्रह गरेका छन्।
प्रदेशको उच्च आर्थिक विकास तथा समाजवाद उन्मुख अर्थतन्त्रको गन्तव्यमा पुग्न सार्वजनिक, निजी एवं सहकारी क्षेत्रलाई प्रदेशको समृद्धिको संवाहकका रूपमा लिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
वैदेशिक रोजगारीलाई कम गरेर युवालाई स्वदेशमै रोजगारी दिन सक्नुपर्ने भूमिकामा रहेको सरकारका क्रियाकलाप नै जसरी हुन्छ युवालाई विदेश जान बाध्य पार्ने खालका देखिन्छन्।
वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनु पर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे।
शैक्षिक योग्यता, दक्षता अथवा पुख्र्यौली पेसागत अनुभव अथवा सीपका आधारमा स्वरोजगार बन्न सकिने धेरै आधार हुँदाहुँदै पनि जागिर खाने प्रवृत्तिले युवा बेरोजगारी र विशेषगरी शिक्षित बेरोजगारीको स्थितिले भयावह रूप लिन पुगेको हो।
एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी जतिसक्दो छिटो सुचारु गर्न मलेसियाले आग्रह गरेको छ। मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले स्वास्थ्य परीक्षणको विषय यथासक्य छिटो टुंग्याएर नेपाली कामदार मलेसिया आउने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष व्यवसायसँग सरोकार राख्ने पाँच माग राख्दै पुरा नभए विदेश कामदार नपठाउने चेतावनी दिएको छ। संघले रोकिएको मलेसिया रोजगारी सुरु गर्नुपर्ने, म्यानपावरको धरौटीमा ब्याज पाउनुपर्ने, मर्जर हुने म्यानपावरलाई उपयुक्त सुविधा दिनुपर्ने, कामदार मागपत्र प्रमाणीकरणलाई सहज बनाउनुपर्ने तथा कामदारको सेवा शुल्क दक्षिण एसियाली मुलुकका म्यानपावरले लिने सरहको हुनुपर्ने माग राखेको हो।
सीप र भाषालाई अनिवार्य गर्न पूर्वप्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम संशोधन गर्ने अन्तिम तयारी भइरहेको बताए। हाल वैदेशिक रोजगारीमा जाने युवामा अदक्षको वर्चस्व रहँदै आएको छ।
नगरपालिकाको आयोजना तथा ग्रामीण बिजनेस प्रमोशन प्रालिको सहजीकरणमा पालिकाभित्रका वडाका १८ युवायुवतीले तालिम लिएका छन्। एक हप्तासम्म सञ्चालित उक्त तालिममा होमस्टे प्रवद्र्धन गर्ने कला तथा खानाको परिकार बनाउने सीप सहभागीलाई सिकाइएको थियो।