अब आर्थिक सहायता स्थानीय तहबाटै
सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो।
सरकारले वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन गरी वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तले स्थानीय तहबाटै आर्थिक सहायता पाउने व्यवस्था गरेको हो।
वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। यससँगै पुनः श्रम स्वीकृतीको बाटो खुलेको हो।
वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।
अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्थ्यो– अब दुःखका दिन सकिए। अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन ।
वैदेशिक रोजगारीको नाममा पछिल्लो समय ‘आफ्नैले ठग्ने’ प्रवृत्ति देखिन थालेको छ। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। त्यसमध्ये अधिकांश उजुरी आफ्नै निकटबाट ठगिएको भनी परेको देखिन्छ। यसरी ठग्नेमा बाल्यकालका साथीदेखि छिमेकीसम्मका व्यक्ति रहने गरेका छन्। त्यति मात्र होइन, ‘मर्दा र पर्दा’ काम लाग्ने व्यक्तिदेखि आफन्तसम्मले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गरेका छन्। यसैमध्येको एउटा उदाहरण हो, सर्लाही कविलास–८ का सतेन्द्रकुमार यादव र सुरेश महतोबीचको घटना। छिमेकी मात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका यी दुई साथी अहिले मुद्दामामिला गर्दै अड्डाअदालत हिँडिरहेका छन्, जसको मु्ख्य कारण वैदेशिक रोजगारीसँग जोडिएको छ।
सार्वजनिक जग्गामा बसेका कारण स्थानीय केही व्यक्तिले त्यहाँबाट निकाल्छु भन्ने गरेका छन्। मसानघाटमा बसेको पनि देखी सहँदैनन् मान्छेहरू।
आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्।
खाडी, मलेसिया, युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने विषय नयाँ होइन। वैदेशि रोजगारीका लागि ती मुलुक जाने युवालाई विभिन्न बहानामा ठगी गर्नेे धन्दा मौलाइरहेका बेला छिमेकी मुलुक भारतमा काम लगाइदिने नाममा समेत यस्तै हुन थालेको छ। सिनामंगलमा रहेको एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भारतको विहारमा मासिक २०–२६ हजार भारतीय रूपैयाँ पारिश्रमिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी गर्ने गरिएको खुलेको हो।
सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ।
स्वरोजगार बनाउने नाममा दिने ऋणको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण धेरै भएकाले बैंकहरूले विदेशबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरेका हुन्।
‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् २००१ देखि विश्वव्यापी रुपमा शुरु भएको अन्तर्राष्ट्रिय युवा दिवस संसारभर अगष्ट १२ गतेका दिन मनाउने गरिन्छ। नेपालले पनि सन् २००४ देखिनै आफ्नो मौलिक नाराका साथ आजकै दिन देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको हो।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रीत रहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई पनि आह्वान गरे।
वैदेशिक रोजगारी सिलसिलामा दशकभन्दा बढी मलेसिया बसेका बुद्धिमान राईले फर्किंदा सोचेजति सम्पत्ति कमाएर ल्याउन सकेनन्। तर, रुपैयाँपैसाबाहेक जे ल्याए, त्यो चाहिँ उनका लागि जीवनभरको कमाइ भएको छ, जीवनयापन गर्ने जाँगर भएको छ।
वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ। वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो।
वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।