वैदेशिक रोजगारी, एजेन्ट खारेजी, ठगी उस्तै
सरकारले अघिल्लो वर्ष एजेन्ट खारेज गरे पनि वैदेशिक रोजगारीमा जानेलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ।
सरकारले अघिल्लो वर्ष एजेन्ट खारेज गरे पनि वैदेशिक रोजगारीमा जानेलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ।
वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारीको क्रममा पीडित भएकालाई क्षतिपूर्ति दिलाउनेदेखि ठगी गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार विभागलाई दिएको छ। तर कानुनले गरेको व्यवस्था अनुसार विभागले काम गर्न नसकेको पीडितले बारम्बार गुनासो गर्दै आएका छन्।
वैदेशिक रोजगारीको क्रममा बिरामी, अंगभंग भएका दुई सय ३० कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको, श्रम स्वीकृति प्रदान गर्न विद्युतीय टोकन प्रणाली लागू गरिएको, ५६ हजार आठ सय १० लाई श्रम स्वीकृति प्रदान गरिएको, नेपाल आप्रवासन प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इजरायल रोजगारीलाई खुलाउन पहल गर्ने बताएका छन्। आफ्नो तीन महिने कार्ययोजना तथा प्रगति विवरण पेश गर्दै उनले बन्द रहेको इजरायल रोजगार खुलाउन पहल भइरहेको बताए। ३६ वटा कामको विवरण पेश गर्दै उनले जापान रोजगारीमा पठाउन पनि पहल भइरहेको बताए।
जापान रोजगारीका लागि लिइने परीक्षार्थीको संख्या बढ्ने भएको छ। जापान रोजगारीमा इच्छुक संख्याको तुलनामा निकै कमले मात्र भाषा र सीप परीक्षामा सहभागी हुन पाइरहेको बेला जापान फाउन्डेसनले आउँदो मार्चदेखि परीक्षामा सहभागी हुनेको संख्या बढाउन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
देश संघीयतामा गएसँगै विभाग र न्यायाधीकरणका संयन्त्रलाई स्थानीयकरण गर्नुपर्ने आवाज उठिरहेको बेला संघमै रहेका निकायमा समेत स्रोत–साधन, जनशक्तिको अभाव हुँदा तत्काल त्यस्ता समस्या समाधान गर्नुपर्ने देखिएको छ।
स्टिङ’ अप्रेसनको क्रममा आरबी ओभरसिजले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुलिरहेको फेला परेको हो ।
नेपाली कांग्रेसका नेता गगन थापाले अहिले देशको प्रमुख आवश्यकता रोजगारी भएको बताएका छन्।
वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो भने वैदेशिक रोजगार विभागको वेबसाइट भिजिट गर्ने गर्नुस्, जहाँ तपाईंले आफूलाई उपयुक्त हुने कामको सम्पूर्ण सूचना भेट्न सक्नुहुन्छ। विभागले आफ्नो वेबसाइटमा यस्तो जानकारी राख्न थालिसकेको छ।
एक दशकयता मुलुकको अर्थतन्त्र विदेशमा गएर श्रम खन्याएका युवाले पठाएको रेमिटेन्सले धानेको छ। रेमिटेन्सबिना अहिले मुलुकको अर्थतन्त्र कल्पना गर्न नसक्ने अवस्थामा छ। वार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिेटेन्स नआउने हो भने मुलुक विदेशबाट आयातित सामानको भुक्तानी दिन सक्ने अवस्थामा छैन। सोझो अर्थमा भन्दा मुलुक अहिले रेमिटेन्सबाटै बाँचिरहेको छ।
प्रवासी नेपाली समन्वय समितिका अनुसार सन् २०१३ देखि हालसम्म गन्तव्य मुलुकमा हराइरहेको भन्दै तीन सय ८८ निवेदन परेका छन्।
हाल वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिको उजुरी लिएपछि विभागका अधिकारीहरूले नै मुद्दाको अनुसन्धान र अभियोजन गर्ने गर्छन्।
आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्म सात हजार चार सय ५५ जना नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन्। सो अवधिमा एक सय ७१ महिला र सात हजार दुई ८४ पुरुषले ज्यान गुमाएका छन्।
भदौ १ गते राजपत्रमा प्रकाशित सूचना अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको व्यक्तिको निधनपछि आर्थिक सहायताका लागि आफन्तले आफू बसिरहेको स्थानीय तहमा आवेदन दिन सक्छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सयौं युवायुवती रोजगारीका लागि विदेश गएका छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने सीपको पहिचान नगर्दा र सानो काम गर्दा समाजको लाजले उनीहरू विदेशिए। तर, त्यहीँ कामका लागि भारतको बहराइचका विग्रेश थापा वीरेन्द्रनगरमा छन्।