२० आश्विन २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

नेपाल सरकारले अब वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने नीति ल्याएको छ।

वैदेशिक रोजगारीमा जानेको आम्दानी पाँच गुणा बढी

युवायुवती वैदेशिक रोजगारीमा जाँदा समाजमा थुप्रै विसंगति, विकृति सिर्जना भइरहेको गुनासो बढेको बेला गरिएको एक अध्ययनमा रोजगारीका लागि विदेश जानेको आम्दानी स्वदेशमा भन्दा पाँच गुणा बढी हुने गरेको तथ्य फेला पारेको छ।

मतदाताहरूको माग : रोजगारीदेखि सामाजिक सुरुक्षा

घरमा  भोट माग्न  आउने सबै दलका  उम्मेदवारहरुसँग त्रिवेणीनलगाड नगरपालिका  १०  औलगुर्ताका  २८ वर्षीय तेजवहादुर विक र भेरी नगरपालिका ४ गैरीखालीकी ७४ वर्षीया ओमकुमारी खत्रीले फरक परक  माग राख्ने गरेका छन् ।

स्वदेशमा रोजगारी दिने दलका घोषणा 'सपनामुखी'

राजनीतिक दलहरूको घोषणापत्रमा स्वदेशमा रोजगारीको अवसर सिर्जना गरिने उल्लेख गरिए पनि कसरी रोजगारीको अवसर सिर्जना गर्ने भन्नेबारे प्रस्ट नहुँदा मतदाता सन्तुष्ट हुन सकेका छैनन्।

ट्राउट माछाले टुटायो वैदेशिक रोजगारीको यात्रा

परिवारको लालनपालनकै लागि साउदीअरबको उखरमाउलो गर्मीमा काम गरिरहँदा विकट अर्खलेगाउँका जितबहादुर गुरुङको मनमा जहिल्यै एउटै प्रश्न उठीरह्यो, ‘दुईचार पैसा कमाउनकै लागि गाउँ छोड्ने कहिले सम्म ?’

वर्षेनी १०० अर्ब विदेशी लगानी, ३ लाखलाई रोजगारी

नेपाली कांग्रेसले प्रत्यक वर्ष तीन लाखलाई रोजगारीको अवसर देशभित्रै खडा गर्ने महत्वकांक्षी स्थानीय तह घोषणापत्र सार्वजनीक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानोपामा मंगलबार दिउँसो सभापति शेरबहादुर देउवाले आशन्न निर्वाचनलाई लक्षित घोषणा पत्र सार्वजनीक गरेका हुन्।

बैदेशिक रोजगारीको ‘निसानी’ नै खरानी बनेपछि...

सोमबार दिँउसो पश्चिमबाट तेज हावा चलिरहेरहँदा लहानबाट ९ किलोमिटर दक्षिण पूर्वको गाउँपालिका सखुवानन्कारकट्टी–४ सिम्राहाको दलित बस्तीमा आगो दन्किरहेको थियो । सुनसान यो बस्तीमा दन्केको आगोले बिपन्नलाई बिल्लिबाठ मात्र बनाएन, बैदेशिक रोजगारीबाट अर्जेको निसानीसमेत खरानी बनायो।

म्यादी प्रहरीमा खुल्यो ७५ हजारलाई रोजगारी

नेपाल प्रहरीले ७५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै प्रहरीले म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष र इजरायलको केयर गिभरलाई २५ वर्ष तोकेको छ। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

महानगरीय प्रहरी परिसर जावलाखेलले नक्कली लाइसेन्सको कारोबार गर्दै आएका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा बढ्दो महिला आकर्षण

जति परिश्रम गरे पनि हातमुख जोर्न धौधौ पर्न नछोडेपछि रामेछाफ मन्थलीकी मञ्जु गुरुङ दुई साताअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गइन्। १० कक्षासम्म अध्ययन गरेकी मञ्जुको चाहना सकभर स्वदेशमै बसेर केही काम गर्ने थियो।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न कार्यदल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने पहलस्वरुप सोमबार कार्यदल गठन गरेका छन्।

कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारी अन्त्यः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् ।

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य तालिम लिन अाग्रह

१०७ औं अन्तरार्ष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ महिला फोरमले हाम्रा नारी कहाँ छन् विषयक एक गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकमा नेपलीलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन गरिन लागेकी जानककारी दिइन्।

सिमराकाे 'सेज'मा रोजगारी माग्दै प्रधानमन्त्रीलाई ज्ञापन

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्