६ आश्विन २०८१ आइतबार
image/svg+xml

हरिवन सहकारी आफ्नै भवनमा

जिल्लास्थित हरिवन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। हरिवन नगरपालिका–८, चापिनीस्थित नवनिर्मित भवनको मेयर गणेश प्रसाईंले उद्घाटन गरेका हुन्। उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ।

चार सय बेडको मातृशिशु भवनको काम ठप्प

स्वास्थ्य मन्त्रालयले विनियोजित बजेटसमेत रोक्का गर्दा विगत ५ महिनादेखि मातृशिशु भवनको निर्माण कार्य ठप्प भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

अस्पताल भवनको निर्माण कार्य अलपत्र

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन।

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ।

सिंहदरबार भवनको प्रबलीकरण प्रक्रिया रोकियो

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रो फिटिङ) प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रबलीकरणमा भइरहेको काम तत्कालका लागि रोकिएको हो।

जोखिमपूर्ण भवनमा तेब्बर बढी कैदीबन्दी

४ दशकअघि बनेको ५० जना क्षमताको उदयपुर कारागारमा अहिले सय भन्दा बढी कैदीबन्दी कोचिएर बस्नु परेको छ। नयाँ भवन नबन्दा २०४५ र २०७२ को भूकम्पको धक्काले जीर्ण भइसकेको भवनमा झण्डै तेब्बर बढी १ सय २३ जना कैदीबन्दी राखिएका छन्।

निर्माणाधिन वन कार्यलयको भवन तीन बर्षदेखि अलपत्र, ठेकेदार बेपत्ता

तीन बर्षदेखि जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणाधिन भवन अलपत्र बनेको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन अलपत्र बनेको हो। शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गा मार्फत २०७१ साल माघ २० गते एक करोड २९ लाख रुपैयाँमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको काम थालीएको थियो।

भवन बन्यो, बोरिङ छैन

जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको खानेपानी आयोजनाअन्तर्गत ठेकेदारले डिप बोरिङ नगाड्दा स्थानीय उपभोक्ता चिन्तित बनेका छन्।

कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

भारतको नयाँ दिल्लीमा चार तले भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ।  उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्। सो भवन शनिबार राति भत्किएको हो।

हावाहुरीले विद्यालय भवन भत्कायो, पठनपाठनमा समस्या

सामान्य वर्षासँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। गत चैत १६ गते राती आएको आँधी भवनको छाना मात्रै नभएर गाह्रो समेत लडाएको विद्यालयले जनाएको छ।

महानगरसँगै छैन भवनको तथ्यांक

मापदण्डविपरीत बनेका भवनलाई कारबाही गर्ने जिम्मेवारी समेत पाएको काठमाडौं महानगरपालिकासँग आफ्नो क्षेत्रका भवनको यकिन तथ्यांक समेत छैन।

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा पूर्ण राजकीय सम्मान सहित सवारी चलाइएको थियो ।

संसद् भवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलित

बानेश्वरस्थित संघीय संसद्भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन।

इन्भेष्टमेण्ट बैंकको भैरहवा शाखा आफ्नै भवनमा

नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देहीको भैरहवा शाखा कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेको छ । सिदार्थनगर नगरपालिका–५ स्थित उक्त शाखा सोही नगरपालिकाको नारायणपथमा नवनिर्मित भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

नबिलका अध्यक्षद्वारा विद्यालय भवन उद्घाटन

नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले फटकशिला माध्यमिक विद्यालय भवनको उद्घाटन गरेको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्