६ आश्विन २०८१ आइतबार
image/svg+xml

मुख्यमन्त्री राईद्वारा जेसीज भवन उदघाटन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताए।

चिटिक्क विद्यालय भवन पाउँदा विद्यार्थी दंग

भूकम्पपछि त्रिपाल र जस्ताको अस्थायी टहरोमा पढ्दै आएका महाकाली सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थीले भूकम्पप्रतिरोधी भवन पाएका छन्।

भूकम्पले क्षतिग्रस्त विद्यालयलाई पक्की भवन

बासखर्क आधारभूत विद्यालयको कक्षा ८ मा पढ्दै गरेका टेकेन्द्र तामाङ खुसी मुद्रामा छन्। नयाँ भवनमा पढ्न पाउने भएसँगै टेकेन्द्र र उनका साथीहरु खुसी भएका हुन्।

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

पार्टी एकताबारे निर्णय लिन नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

शौचालयबिहीन खानेपानी कार्यालयलाई सुविधासम्पन्न भवन

उदयपुर सदरमुकामस्थित ‘त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)’ ले सुविधासम्पन्न भवन पाएको छ । ०५३ सालदेखि शौचालयवबिहीन र भूकम्पले भत्केको धराप घर भाडामा लिएर बस्दै आएको समितिले स्थापनाको २० वर्षपछि सुविधासम्पन्न पक्की भवन पाएको हो।

प्रदेश कार्यालय भवन मर्मतका लागि ७ करोड विनियोजन

एक नम्बरको प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु ७ करोड विनियोजन गरिएको छ।

विद्यालयको भवन निर्माण सुरु, बालबालिकालाई अब चिसोबाट राहत

अधिकांश पिछिडिएको समुदायको बालबालिका अध्ययन गर्ने महोत्तरीको मटिहानी नगरपालिका ९ सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन निर्माण कार्य सोमबारदेखि सुरु भएपछि विद्यार्थीलाई गर्मीयाममा रुखको छहारीमा र चिसोमा शीतलहरसंग पैठाजोरी गर्दै पढनुपर्ने बाध्यात्मक अवस्था अब हटेर जाने भएको छ।

यमनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।

टुंगो लाग्न सकेन भवन

प्रदेश ५ को राजधानी सहर बुटवलमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय रहने स्थानको टुंगो अझै लाग्न सकेको छैन । पहिले सिफारिस भएका ठाउँमध्ये कतिपय सुरक्षाका हिसाबले संवेदनशील र कतिपय कार्यालय तत्काल सार्न अप्ठेरो भएकाले नयाँ विकल्प खोज्दै कार्यालय व्यवस्थान गर्न लागिएको भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए।

सरकारी अधिकारी भवन खोज्न व्यस्त

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा राखेपछि सरकारी अधिकारीहरु भवन र अन्य व्यवस्थापन गर्न व्यस्त छन् । क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालय प्रमुखहरुको बैठकले प्रदेशस्तरीय मन्त्रालय, निवास र सचिवालय रहने भवनहरुको पहिचान गरेको छ।

मन्त्रालय राख्ने भवन टुङ्गो लाग्यो, कार्यालयहरु भवन खोज्दै

प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा राखेपछि सरकारी अधिकारीहरु भवन र अन्य ब्यवस्थापन गर्न दौडधुप जारी छ। क्षेत्रीय तथा जिल्लास्तरीय सरकारी कार्यालय प्रमुखहरुको बैठकले प्रदेशस्तरीय मन्त्रालय, निवास र सचिवालय रहने भवनहरुको पहिचान गरेको छ।

नक्सा पास नगरी सरकारी भवन

सदरमुकाम फिदिम बजार क्षेत्रमा नक्सानै पास नगरी बनिरहेका ६० वटा नीजि घरहरुलाई फिदिम नगरपालिकाले पास गर्न नत्र कानुनी कारबाहीको चेतावनी दिंदै केहि दिन अघि पत्र लेख्यो।

सरकारी भवन नै मापदण्ड विपरीत

जिल्लामा मापदण्ड मिचेर सरकारी भवनहरु बनाइरहेको पाइएको छ। ठूलो लागतमा सदरमुकाम फिदिममा निर्माण भईरहेका भवन र यसअघि निर्माण सम्पन्न भएका सरकारी भवनहरुको नक्सा पास भएको छैन।

दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ। विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्