६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

भारत सरकारको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण गरिएको छ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंस्थित भारतीय राजदूतावासका द्धितीय सचिव निरजकुमार जैसवालको उपस्थितीमा रातामाटास्थित मुक्ति उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरे।

भाटभटेनीले टिचिङमा अर्को भवन बनाइदिने

दस वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको भाटभटेनी सुपरमार्केटले सोही अस्पतालमा अर्को भवन बनाइदिने भएको छ। अस्पतालको आकस्मिक कक्षसँग जोडिएको स्थानमा भाटभटेनीले नौतले भवन बनाउने तयारी गरेको अस्पताल प्रशासनले जनाएको हो। यस विषयमा भाटभटेनीसँग लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले बताए।

बोनस्थित दूतावास भवन भग्नावशेष बन्दै

सरकारले तत्कालीन पश्चिम जर्मनीको राजधानी बोनमा रहेको घरजग्गा बिक्री गर्न नसक्दा त्यहाँ रहेका दुई भवन भग्नावशेष बन्दैछन् ।

नयाँ मापदण्डले सम्पदा क्षेत्र संकटमा

काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्ड २०७५ ले विश्वसम्पदामा सूचीमा सूचीकृत भवन निर्माण मापदण्ड लाई प्रभावित पार्ने देखिएको छ। महानगरले ल्याएको मापदण्डले विश्वसम्पदा क्षेत्रमा सूचीकृत सम्पदा निजी भवनले ढपक्कै छोप्ने सम्भावना बढेको छ।

थपेको म्याद गुज्रिँदा पनि बनेन स्वास्थ्यचौकी भवन

थप गरिएको म्याद गुज्रँदासमेत खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित स्वास्थ्यचौकी भवन निर्माण पूरा हुन सकेको छैन। सम्झौताअनुसार २०७४ असार मसान्तभित्र हस्तान्तरण गरिसक्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माण नसकिएपछि पुनः थप गरिएको म्याद पनि गत मंसिरमै गुज्रिसकेको छ। तर भवन निर्माण पूरा भएको छैन। भवन निर्माणमा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बासिन्दाको गुनासो छ।

डा. केसी गणेशमान भवनमा

चिकित्सा शिक्षा सुधारको माग १३ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स वार्डबाट गणेशमान भवनमा सरेका छन्। डा. केसीको आग्रहअनुसार पहिले अनशन बस्ने गरेको गणेशमान भवनमै उनलाई सारेको केसीका भाइ किशोर केसीले बताए।

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरका सबै ३२ वटै वडा कार्यालयको भवन नयाँ बनाइने बताएका छन्। महानगरपालिका वडा – २६ को वडा भवन कार्यालयको बिहिबार शिलान्यास गर्दे उनले यस्तो बताएका हुन्।

सुदूरपश्‍चिममा ब्लड बैंक बनाइने

अमेरिकी सरकारले नेपाल सरकार र रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै कैलालीको धनगढीमा सुदूरपश्चिमकै पहिलो ब्लड बैंक (रक्त सञ्‍चार केन्द्र) भवन निर्माणको शिलान्यास गरेको छ।

नयाँ विद्यालय भवन बनेपछि विद्यार्थी खुसी

जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले उद्घाटन गर्दै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन्।

बन्यो गाउँपालिकाको आफ्नै भवन

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। एक करोड ८० लाख रुपैयाँ लागतमा निर्मित प्रिफाइभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ र पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महोत्सव

गंगेश्वर महादेव मन्दिरले सांस्कृतिक भवन निर्माण गर्न धार्मिक महा–महोत्सव सञ्चालन गरेको उछ। महोत्सव पुस २२ गतेदेखि २९ गतेसम्म चल्नेछ।

धादिङका प्रहरी अब सुविधायुक्त भवनमा

विनाशकारी भूकम्पले धादिङका अधिकांश घरसँगै प्रहरी चौकी पनि भत्किएका थिए। शान्तिसुरक्षामा खटिँदै आइरहेका प्रहरी त्रिपालमा बस्दै आएका थिए। भवन नहुँदा समस्या भोग्दै आएका प्रहरीका लागि बल्ल भवन निर्माण कार्य गरिएको छ।

‘हनुमानढोका क्षेत्रभित्र ३५ फिटमाथि घर नबनाऊ’

सर्वोच्च अदालतले हनुमानढोका संरक्षित स्मारक क्षेत्रभित्र भवन बनाउँदा जमिनमुनिको तला(बेसमेन्ट)को नक्सा स्वीकृति नदिन निर्देशनात्मक आदेश गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विश्व सम्पदाभित्र रहेको हनुमानढोका क्षेत्रभित्र ३५ फिट भन्दामाथि भवन बनाउन नपाइनेगरी आदेश गरेको हो।

९० करोडको कार्गो भवन बन्ने

नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको कार्गो भवन निर्माण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले कार्गो भवनको शिलन्यास गरी निर्माण कार्य सुरुवात गरेका हुन्।

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र

खोटाङको साकेला गाउँपालिका–३, खिदिमामा निर्माणाधीन स्वास्थ्यचौकीको भवन अलपत्र परेको छ। एक करोड ४९ लाख २६ हजार रुपैयाँ लागतमा ठेकेदार कम्पनी सूर्य कन्ट्रक्सन फर्म प्रालि(वीरेन्द्रनगर, सुर्खेत)ले जिम्मा लिएको उक्त भवन निर्माण अलपत्र परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्