२० आश्विन २०८१ आइतबार
image/svg+xml

जनकपुरमा आज चैती छठ पर्व

मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा आज चैती छठ पर्व मनाइँदैछ। मंगलबारदेखि विधिवत रूपमा सुरु भएको चैती छठ पर्वको आज तेश्रो दिन हो।

नेपालमा पहिलो ब्रोडगेज रेल सेवा सुरु, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्दै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १२ बजेर २० मिनेटमा संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गर्दै छन्।

महिलामा परेको असर कम गर्न गम्भीर बनौँः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जलवायु परिवर्तनका कारण महिलामा परेको असरलाई कम गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।

आइतबारदेखि चल्ने भयो जनकपुर–जयनगर रेल

जनकपुर–जयनगर रेल आइतबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेपछि आइतबारदेखि रेल सञ्चालनमा आउनेछ।

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो।

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा रेल सेवा अन्यौलमा

जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ।

पोखरा हवाई सञ्जालमार्फत ठुला सहरसम्म जोडिँदै

पोखरा विमानस्थलबाट हुने नियमित हवाई सेवा सातवटा ठुला सहरसम्म बिस्तार भएको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई सातवटा ठुला सहरमा हवाई सञ्जालमार्फत जोडेको हो। बुद्धले सातौ सहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेसँगको पहुँच सहज भएको छ।

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

प्रदेश नं. २ः नाम मधेस, राजधानी जनकपुरधाम

सात दशकदेखि संघीयताका लागि संघर्षरत मधेसको सपना ‘मधेस प्रदेश’ नामकरणसँगै पूरा भएको छ। नौ वर्षमा डेढ सयभन्दा बढी मधेसीले बलिदान दिएको संघर्षपूर्ण यात्राबाट संघीयता व्यावहारिक रूपमै संस्थागत भएपछि मधेसी जनताले सपना साकार भएको अनुभूति गरेका छन्। सो अवसरमा उनीहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।

विवाह पञ्चमीमा श्रद्धालुको घुइँचो

विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन्।

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। मौलिक मैथिली लोकगीत गाएर राम–सीताको प्रतीक मानिएका दुई बालबालिकालाई शृंगार गरी फूलबारीमा घुमाइन्छ।

रेल विस्तारले गति लिने विश्वास बढ्दै

लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ। पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा मनाउने तयारी

मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ। त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ।

जनकपुरधाम उप-महानगरपालिकामा तालाबन्दी

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्