२० आश्विन २०८१ आइतबार
image/svg+xml

राति १० बजेसम्म जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम–२० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो। सोही विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

इन्जिनियर दुर्व्यवहार प्रकरणः जनकपुरधाममा तनाव

मुद्दा चलाइएका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्न पुगेका सिके राउतको जनमत पार्टी कार्याकर्ता र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ।

जनकपुर बम विस्फोट : उच्च अदालतले घटायो साहको कैद सजाय

धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो। उच्च अदालतले जन्मकैद हटाइदियो भने १२ वर्षे कैदलाई पनि सात वर्षमा झारिदिएको छ।

आर्थिक सहयोग जुटाउन कार्की दौडने

गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैंले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौडन लागेका हुन्। उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन्। सो कार्यको शिलान्यास पनि भइसकेको छ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

२०७६ माघ २४ गते उच्च अदालत, जनकपुरले विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र त्यहाँबाट स्थानान्तरण गर्न–गराउन भन्यो। तर अहिलेसम्म उक्त उद्योग सोही स्थानमा सञ्चालित छ।

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ ९साविक बर्दिबास गाविस क्षेत्र को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो। बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए।

दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ। पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

घुम्टो खोल्दै जनकपुर-जयनगर रेल

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन गत वर्ष असोजमा परीक्षण सेवा सुरु गरिएको थियो।

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ।

जयनगर–जनकपुर रेल एक महिनाभित्रै चलाउने तयारी

नेपाल रेल्वे कम्पनीले गत असोज २ गते भारतको जयनगरदेखि जनकपुरसम्म रेल ल्याएर परीक्षण गरेको थियो। तर कोभिड–१९, प्राविधिक जनशक्ति अभाव र रेल सञ्चालनको लागि आवश्यक कानुन नभएको भन्दै त्यत्तिकै राखिएको छ। महाप्रबन्धक भट्टराई अहिले दुवै मुलुकमा कोभिड १९ को संक्रमणको दर घट्दै गएकाले पनि अबको एक महिनाभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन्।

मुर्झाउँदै मधेसी जनताको भरोसाको पालुवा

प्रदेश २ सरकार गठन भएको मंगलबार तीन वर्ष पूरा भएको छ। शून्यबाट काम सुरु गरेको सरकारले मुख्य मुद्दा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन नसके पनि पूर्वाधार विकासका आधार तय भने गरेको छ। अति आवश्यक कानुन निर्माण गरेर विकासको गतिमा अघि बढ्न थालेको संकेत देखिँदै छ।

नेपालमा पहिलो ब्रोडगेज रेल

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ।

जनकपुर आइपुग्यो रेल

सरकारले जनकपुर-जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेको छ। शुक्रबार दिउँसो उक्त रेल जनकपुर आइपुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्