२०४६ ले खोलेको समाज
वीपी सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले विसं. २०१७ सालमा सम्पुर्ण सत्ता आफूमा खिचे। राजनीतिक दलहरुलाई पाखा लगाइदिए। नेताहरुलाई थुने। देशमा पञ्चायती व्यवस्था लागु भयो। जहाँ राजाले निर्देशन दिन्थे, रैतीले आज्ञापालन गर्नुपर्थ्यो।
वीपी सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले विसं. २०१७ सालमा सम्पुर्ण सत्ता आफूमा खिचे। राजनीतिक दलहरुलाई पाखा लगाइदिए। नेताहरुलाई थुने। देशमा पञ्चायती व्यवस्था लागु भयो। जहाँ राजाले निर्देशन दिन्थे, रैतीले आज्ञापालन गर्नुपर्थ्यो।
पञ्चायतकालका अन्तिम वर्षमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाली अर्थतन्त्र ठीक बाटोमा नहिँडेको र नेपाली अर्थतन्त्रमा समस्या रहेको प्रतिवेदन दिइसकेका थिए। अर्थतन्त्र ज्यादै संकुचित पारिएको थियो।
नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ। पर्यटकीय सम्भावना बोकेका दुुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो।
चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्र ६.२ प्रतिशतले वृद्धि हुने एसियली विकास बैंकले प्रक्षेपण गरेको छ। आगामी आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.३ प्रतिशतले हुनेछ।
अर्थशास्त्री एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले नेपालकाे अर्थतन्त्र सुकुल गुण्डाजस्तो भएको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै लोहनीले नेपालको अहिलेको अर्थतन्त्र सुकुल गुण्डा अर्थतन्त्र भएको बताए। ‘घरमा सुत्नलाई सुकुलबाहेक केही छैन, खानलाई पनि केही छैन्। तर बाहिर हिड्दाखेरी कोट पाइन्ट लगाएर, डेन्टिङ–पेन्टिङ गरेर हेर्दाखेरी राम्रो भएर हिड्नेजस्तो छ हाम्रो अर्थतन्त्र’, उनले भने।
मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो।
हाम्रो पुस्ताले बोल्ने भाषाभन्दा आजका युवाहरूले बोल्ने भाषा निकै भिन्न छ। जसरी हरेक भाषा समयसँगै विकास हुँदै जान्छ, चिनियाँ भाषा पनि हजारौं वर्षको इतिहासदेखि उल्लेख्य मात्रामा परिवर्तन हुँदै आएको छ।
उदाउँदै गरेको चीनलाई अमेरिकाले लगाएको व्यापार युद्ध एउटा चुनौती हो जसलाई पार नगरी चीन अगाडि बढ्न सक्दैन ।
न्यु योर्कका धितो बजार व्यापारी, सेनचेनका कारखानाका मजदुर, सिओलका ढुवानी कम्पनी, हानचाओका प्रविधि तथा थोक व्यापार कम्पनी र पेरिसका सौखिन फेसन व्यापारीबीच एउटा कुरा साझा छ। त्यो हो– चिनिया“ अर्थतन्त्रको अवस्थाले उनीहरूलाई कुनै न कुनै रूपमा प्रभावित पारेको हुन्छ।
विनिमय सरकारले तोकेको थियो। अमेरिकी डलरसँग बजारमा सरकारले तोकेकोभन्दा बढी दरमा खुला रुपमा बिक्री वितरण हुने गथ्र्यो। संरचना सुधार गरेर राज्यको हस्तक्षेपलाई कम गरेर निजी क्षेत्रलाई विकासको संवाहक मानेर अगाडि बढियो। निजी क्षेत्रलाई आश्वस्त गर्न थालिएको थियो। निजी बैंक तथा अन्य क्षेत्रमा विस्तारै लगानीका ढोकाहरू खुल्दै थिए।
पहिला चीनमा विद्यमान पुरातनवादी सोच, र संकृतिलाई यसको दोष लगाउने गरिन्थ्यो। यो दोष लगाउनुको कारण भने समाजको तहगत व्यवस्थालाई प्रवद्र्धन गर्ने उक्त सस्कृतिले व्यक्तिगत पहल कदमीलाई खासै वास्ता गरेको अनुभव कम थियो।
अवश्य पनि, चीनको गतिको साँचो चिनियाँ कम्युनिष्ट पार्टीसँगै छ। पछिल्लो चार दशकमा चीनको आर्थिक वृद्धिदर अमेरिकाको भन्दा १० गुणा बढी थियो। अहिले पनि यो दर अमेरिकाको भन्दा दुईगुणा बढी छ । पार्टीले भारीमात्रामा जनताको समर्थन पाएको छ । र संसारभरी धेरैजसो ट्रम्पको अमेरिका पश्चगामीहुँदा चीनको गति भर्खर शुरु भइरहेको ठानछन्। त्यसैले पनि आशाहरुलाई पुट दिन चीनसँग प्रशस्त उपाय छन् ।
‘आज चिनियाँ जनता आफ्नो खुट्टामा उभिएका छन्’, सन् १९४९ मा डेढ शताब्दी लामो विदेशी शासनबाट मुक्त भएर जनवादी गणतन्त्र चीनको घोषणा गर्दैगर्दा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्सेतुङले भनेका थिए। माओकै शब्दमा चिनियाँ जनताले दुइटा शत्रु (सामन्तवाद र साम्राज्यवाद)लाई पराजित गरेर स्वाधीन भएका थिए। तर स्वाधीन र स्वतन्त्र चीनको यात्रा सहज थिएन। पिछडिएको अर्थव्यवस्था, कमजोर सरकारी संयन्त्र, नयाँ व्यवस्थाको अस्पष्ट रोडम्याप, विदेशी शक्तिको दबाब, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चको अस्विकार्यता जस्ता चुनौतीका पहाडबीच नयाँ चीनको यात्रा शुरु भएको थियो।
उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ। सरकारले तयार पारेको सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको छ।
मुलुकले लामो समयपछि गत वर्ष अनुभवसहितका अर्थविज्ञ युवराज खतिवडालाई अर्थमन्त्रीका रूपमा पाएको हो। योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर भई खारिएका खतिवडाप्रतिको विश्वास अतुलनीय रहेको हो। मुलुकको आर्थिक विकासलाई दु्रत गतिमा बढाउने आम अपेक्षा नागरिकको भए पनि उनले त्यसलाई मूर्तरुप दिन सकेको देखिएन।