माइकल जोक्कर
न्यु योर्कका धितो बजार व्यापारी, सेनचेनका कारखानाका मजदुर, सिओलका ढुवानी कम्पनी, हानचाओका प्रविधि तथा थोक व्यापार कम्पनी र पेरिसका सौखिन फेसन व्यापारीबीच एउटा कुरा साझा छ। त्यो हो– चिनिया“ अर्थतन्त्रको अवस्थाले उनीहरूलाई कुनै न कुनै रूपमा प्रभावित पारेको हुन्छ।
सन् २०१८ मा चीनको आर्थिक वृद्धिदर बितेका २८ वर्षकै सबैभन्दा सुस्त रहेको बताइयो। अर्थात् चीनको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रह्यो। यो अवस्थाले चीनभित्र र बाहिर नया“ प्रश्न उठाएको छ। चीनमा, विश्व बजारमा, उपभोगमा, उत्पादन र निर्यातमा र सन् २०१९ को विश्व अर्थतन्त्रमा यसको प्रभाव कस्तो पर्ला ? बितेका बीस वर्षमा विश्व आर्थिक वृद्धिको महत्वपूर्ण हिस्साको नेतृत्व चीनले गरिरहेको अवस्थामा उसको सुस्तता चासोको विषय बन्नु स्वाभाविक हो। अमेरिकी अर्थतन्त्रबारे एउटा पुरानो भनाइ छ– ‘अमेरिकाले हाछ्युँ गर्दा संसारलाई रुघा लाग्छ।’ यो भनाइ यतिबेला चीनको सन्दर्भमा लागू हुन्छ। चीनमा जे हुन्छ त्यसले संसारमा प्रभाव पार्छ।
तर २८ वर्षयता चीनको आर्थिक वृद्धिदर सबभन्दा सुस्त हुनु सबै पक्षका लागि चासोको विषय हो पनि, होइन पनि। बितेका दशकमा चीनको अर्थतन्त्र तीव्र गतिमा मात्र नभई नाटकीय रूपमा समेत कायापटल भएको छ। त्यसैको परिणाम चीन आज संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। यो विकासक्रम वस्तुगत रूपमा प्रमाणित गर्नुपर्ने विषय हो। चीनको अर्थतन्त्रबारे विज्ञता हासिल गरेका चीनभित्र र बाहिरका विद्वानहरूले हरेक समाचार, तस्बिर र आर्थिक सूचकलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेका हुन्छन्।
तर सूक्ष्मदर्शी यन्त्रमा एउटा कोशलाई मात्र अवलोकन गर्दा हामीले पूरै मांशपेसी, हातखुट्टा वा जीवको आत्मा देख्न सक्दैनौं। चीनको अर्थतन्त्रको वृद्धिदर सुस्त भएको र यो अवस्था केही वर्षदेखि चालु रहेको मेरो बुझाइ छ। साथै १४, १२, १०, ८ र ७ प्रतिशतका दरले वृद्धि भएको कुनै पनि अर्थतन्त्र सधैं त्यही गतिमा वृद्धि हुन सक्दैन र हुनु पनि हु“दैन भन्ने मेरो मान्यता छ।
चीनको अर्थतन्त्र, समाज र विश्वको अर्थतन्त्र, राजनीति र व्यापारमा यसको प्रभाव यतिबेला संक्रमणकालमा छ। उत्पादनमुखी र निर्यातकेन्द्रित अर्थतन्त्र अहिले अनुसन्धान, प्रविधि, उपभोग र सेवामुखीतिर अघि बढिरहेको छ। यो चीनका लागि सही रणनीति हो। तर यो बाटो सहज भने पक्कै छैन। अमेरिकामा के भइरहेको छ ? हेर्नोस्। स्थानीय, बन्द, उत्पादनमुखी, निर्यातमुखी अर्थतन्त्र (१९४७–८०) वित्तीय अर्थतन्त्र(अमेरिकी अर्थतन्त्रको बहुमत क्षेत्रमा सेवा र वस्तुलाई वित्तीय सेवाले उछिनेको अवस्था) तर्फ अघि बढ्दा र भूमण्डलीकरणका कारण अमेरिकी अर्थतन्त्रले बलियो धक्का सामना गर्नुप¥यो। फलतः त्यहाँका मजदुरले ठूलो संकट भोग्नुप-यो।
अमेरिकामा बितेका २५ वर्षमा आर्थिक वृद्धिदर २÷३ प्रतिशत हुनुलाई नै ‘उत्कृष्ट’ भनी व्याख्या गरियो। कुनै बेला त्यो भन्दा कमलाई समेत सामान्य मानियो। त्यसो भए, चीनको आर्थिक वृद्धिदर र समग्र अवस्थाप्रति कुनै चिन्ता लिनु जायज हो ? यसको उत्तर पक्कै ‘हो’ नै हुन्छ। चीनको ऋणदर, प्रमुख उत्पादन क्षेत्रमा सुस्तता, कच्चा पदार्थ र वस्तु खरिदमा न्यूनता, घरजग्गा क्षेत्रमा बढ्दो निर्भरता र आकर्षक प्याकेजको निरन्तर आवश्यकता आदि कारणले यो चिन्ता जायज छ।
तथापि यिनलाई चिन्ताको विषयमात्र नबनाई निश्चित परिपे्रक्ष्यमा समीक्षा पनि गर्नुपर्छ। चिनियाँ अर्थतन्त्रमा सुस्तता आउनु भनेको विश्वकै अर्थतन्त्रको वृद्धिदरमा कमी आउनु हो। युरोप पनि संकुचनमा डुबेको छ र मध्यम वृद्धिमा खुम्चिनुपरेको छ। दक्षिण अमेरिकी अर्थतन्त्र खस्किएको छ। अफ्रिकाको अवस्था भने दोहोरो रह्यो। एकातिर विश्व अर्थतन्त्रलाई अघि बढाउने शक्ति पनि देखियो भने अर्कातिर विश्वको आर्थिक वृद्धिका लागि अफ्रिकाले पछाडिबाट तान्ने काम पनि गरेको छ।
बृहत् अर्थतन्त्रको कोणबाट हेर्दा चीनको आर्थिक वृद्धिदर संसारका अरू देशको तुलनामा राम्रो छ। आजको अवस्था बुझ्न र भविष्यबारे राम्रो आकलन गर्न चीनले बितेका ४० वर्षमा के–कति सफलता हासिल ग-यो भन्ने बुझ्न जरुरी छ। यी
केही सूचकांकको जानकारी राखौंः
–चीनले ७० करोड जनतालाई गरिबीबाट माथि उकासेको छ।
–विश्व अर्थतन्त्रमा आर्थिक रूपमा कम महत्व राख्ने देशबाट चीन आज संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ।
–अनुसन्धान, प्रविधियुक्त अर्थतन्त्र बनाउन चीन, अमेरिकाभन्दा मात्र पछाडि छ।
–विश्वको अर्थतन्त्र निकै खराब रहेको अवस्थामा स्वतन्त्र व्यापारमाथि प्रश्न उठ्यो, विश्वव्यापीकरणको समग्र मूल्यमान्यतामाथि प्रश्न उठ्दै थियो। त्यस्तो अवस्थामा पनि चीन आफ्नो वृद्धिदर ६ प्रतिशतभन्दा माथि नै राख्न सफल भयो।
–विश्व अर्थतन्त्रका दुई ठूला शक्तिबीच पछिल्लो समय निकै गम्भीर व्यापारयुद्ध भएका बेला पनि चीनले आफ्नो वृद्धिदर कायम राख्यो।
समग्र आर्थिक वृद्धि सुस्त भएको छ। तर अर्थतन्त्रमा परिपक्वता र विश्व आर्थिक संक्रमणको अवस्थामा चीनको वृद्धिदर भने अझ बृहत् बन्दै गएको छ। समग्र चिनियाँ अर्थतन्त्रलाई हेर्ने हो भने अवस्था निकै राम्रो छ।
चिनियाँ अर्थतन्त्र उत्पादनमुखी र निर्यातमा आधारित अर्थतन्त्रबाट उपभोग र सेवाको अर्थतन्त्रमा संक्रमण भइरहेको छ। चीनमा उपभोग निकै ठूलो छ र धेरैजसो दीर्घकालीन सूचकांकहरू लगातार वृद्धि भइरहेका छन्। निस्सन्देह यसका नकारात्मक पक्ष छन्। तर यो अवस्था दिगो वृद्धिका लागि नभई नहुने पक्ष हो।
विद्युतीय व्यापार र नया“ थोक बजारले चिनिया“ नागरिकको मनोरञ्जनदेखि तरकारी किन्ने तरिकासम्म परिवर्तन ल्याएको छ। पसल जाने, सञ्चार गर्ने, सामाजिक हुने र वस्तु वा सेवा उपभोग गर्ने सबै तरिकामा धेरै परिवर्तन आइसकेको छ। चीनमा आज जस्तो विद्युतीय अर्थतन्त्र छ, त्यो चार वर्षअघि कल्पना पनि गर्न सकिन्नथ्यो।
निस्सन्देह कहिले उकालो र कहिले ओरालो आउन सक्छ। तर समग्रमा विकासक्रम सकारात्मक रूपमा अघि बढिरहेको छ। चीनको सेवा क्षेत्र समग्रमा विस्तार भइरहेको छ। तर वित्तीय सेवामा तीव्र सुधार नहु“दा जुन गतिमा वृद्धिदर बढ्नुपर्ने हो, त्यसो हुन सकेको छैन।
अर्थतन्त्र र आर्थिक वृद्धि निरपेक्ष विषय होइनन्। चीनका लागि राम्रो वा नराम्रो पक्षले अरूलाई पनि प्रभाव पार्ने देखिएको छ। त्यसबाहेक चीनको आर्थिक प्रगतिलाई केही महिना वा वर्षमा मूल्यांकन गर्न सकिन्न। कम्तीमा एक दशक पर्खनुपर्छ।
एकपटक कक्षामा मैले नराम्रो काम गरें र त्यसको दोष अर्को साथीको थाप्लोमा थोपर्न खोजें। शिक्षकले भने– ‘माइकल, तिमीले अरूलाई एउटा औंलाले दोष लगाइरह“दा तीन औंलाले आफैतिर औंल्याइरहेको हुन्छ।’
यो कुरा मैले आफ्नो जीवनमा लागू गरेको छु। कहिले काम लाग्छ, कहिले लाग्दैन। तर यसबाट ठूलो शिक्षा लिएको छु।
मलाई लाग्छ, यो कुरा कुनै पनि देश, विश्वव्यापी संगठन, लगानीकर्ता, ब्रान्ड र अर्थशास्त्रीले सिक्नुपर्छ।
(लेखक चीन–एसिया प्रशान्त रणनीतिका उपसभापति र टोपकिन्स इन्टरनेसनल संस्थामा आवद्ध छन्।) अनुवादः नीरज लवजू/स्रोतः बेइजिङ रिभ्यु
प्रकाशित: ८ चैत्र २०७५ ०२:४६ शुक्रबार