५ कार्तिक २०८१ सोमबार
image/svg+xml

मुख्यमन्त्री शाहीको चेतावनीः तत्काल कर्मचारी नपठाए काम गर्न सकिँदैन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारवाही गर्ने प्रमको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।  प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने दृढता व्यक्त गरेका हुन्।

के गर्दैछ पानीजहाज कार्यालय ?

नेपालमा पानीजहाजको चर्चा हुन थालेको पूर्वराजा ज्ञानेन्द्र शाह अधिराजकुमार भएकै समयदेखि हो। पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि समुन्द्र नै नभएको नेपालमा पानी जहाज कार्यालय पनि खुल्यो। पानीजहाजको सिधा सम्वन्ध देशको आर्थिक विकास र समृद्धिसँग जोडेर एकथरीले गर्छन् भने अर्काथरीले 'हावादारी' भन्ने गर्छन् । यसका आफ्नै बहस छन्।

कार्यकर्ता पोस्दै ठिक्क

विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन्। त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो। दुई वर्ष यता भने स्थिति फेरिएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएका छन्। साथै सर्वसाधारणले विकासको समानुपातिक वितरण प्रणालीको अपेक्षा गरेका छन्। तर गत दुई वर्षको अभ्यासले भने जनअपेक्षा पूरा हुने कुनै संकेत गरेको छैन। स्थानीय सरकारको दुई वर्षको गतिविधिले जनतालाई पुरानो शासन प्रणालीको भन्दा फरक अनुभूति गराउन सकेको छैन। बरु गाउँगाउँमा सिंहदरबारका नाममा सञ्चालित स्थानीय सरकारप्रतिको विश्वसनीयता खस्किँदै जान थालेको छ।

संशोधित खर्च लक्ष्य पनि अधुरै

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारले जस्तै गत आर्थिक वर्ष २०७५/०७६ मा बजेटको संशोधित अनुमान पनि फेला पार्न सकेको छैन। बजेट खर्चमा असफल मात्र होइन, प्रदेश सरकारले अघि सारेका महत्वपूर्ण कुनै पनि योजना कार्यान्वयन हुन सकेका छैनन्।

'सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने बेला आयो'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्। बिपी कोइराला स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले ओली नेतृत्वको लगातार तानाशाही बन्दै गएको दाबी गरे।

सरकारले जहाँ छोयो त्यहीँ भ्रष्टाचारः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिस्टको विकल्पमा कांग्रेसलाई खोज्न शुरु गरिसकेको बताएका छन्। विपि कोइराला मेमोरियल ट्रष्टद्वारा सोमबार हेटौंडामा आयोजित जननायक विपि कोइरालाको स्मृतिमा विचार गोष्ठीमा उनले भने, ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात भने झै शुरुदेखि नै यो सरकारले बाटो बिरायो।’

ओलीलाई सिटौलाले भने, ‘कांग्रेस सकियो अब उठ्ँदैन भनेर भ्रममा नपरे हुन्छ’

नेपाली कांग्रेसका शीर्ष नेता कृष्ण सिटौलाले वर्तमान गठबन्धनको सरकारले सत्तामा पुगेपछि सहमतिको भावनामा ठेस लगाएको बताएका छन्। सहमतिका आधारमा मुलुकमा संविधान जारी भएको उदाहरण दिँदै सिटौलाले सहमतिका कुरालाई वेवास्ता गर्दै सरकार अघि बढ्न खाजे मुलुकमा ठुलो दुर्घटना हुने दावी गरे।

नेपाललाई जापान दियो करिब ६४ करोड अनुदान

जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।

सरकारविरुद्ध आन्दोलन चर्काउने देउवाको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

राजपत्रमा प्रकाशित नै नगरी ऐन कार्यान्वयन

स्थानीय सरकार सञ्चालन ऐनमा हरेक स्थानीय तहले राजपत्रका प्रकाशन गरेपछि मात्र कानुन लागू गर्न पाउने व्यवस्था छ। तर, खोटाङका अधिकांश स्थानीय तहले राजपत्रमा प्रकाशित नै नगरी नियम, निर्देशिका, कार्यविधि र मापदण्ड कार्यान्वयनमा ल्याएको पाइएको छ। धेरैजसो स्थानीय तहले नियम, निर्देशिका, कार्यविधि तयार पारेको भए पनि राजपत्रमा प्रकाशन गरेका छैनन्।

‘भिसीटिएस’ अध्ययन गर्न कार्यदल गठन

सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्य दल गठन गर्ने भएको छ।

शक्तिशाली सरकारले काम गर्न सकेनः अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

सरकारले करिब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ। तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ।

पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार

स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३  उपहार छाडेको छ। दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्