७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधार हुँदै, अझै ३/४ दिन अस्पतालमै रहने

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

गृहमन्त्री श्रेष्ठ गङ्गालाल हृदय केन्द्रमा भर्ना, मुटुको शल्यक्रिया गरियो

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि राति अस्पताल भर्ना गरिएको थियो। उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो।

भेरी अस्पतालमा भूकम्पका ११ जना घाइतेको शल्यक्रिया

भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ।

‘चैतसम्म कुरेको भए मेरो ज्यान खतरामा हुने थियो’

पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो। स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो।

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।

जुम्लामा ३ सय २७ जनाको मोतिबिन्दुको निःशुल्क शल्याक्रिया

आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएको हो।

आँखाको नानीको शल्यक्रिया निःशुल्क

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो।

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

स्याङ्जाको वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ।

एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण

भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ। हिपको हड्डी भाँचिएर अस्पताल आएकी गोरखाकी गंगा गुरुङको सफल शल्यक्रिया गरिएको हो।

वीर अस्पतालमै छैन छरितो स्वास्थ्य सेवाः शल्यक्रिया गर्न ७ महिनासम्म कुर्नुपर्ने

सरकारी वीर अस्पतालमा शल्यक्रियाका लागि पालो पाउन लामो समयसम्म कुर्नुपर्ने अवस्था रहेको भर्ना भएका बिरामी मात्र होइन, चिकित्सक पनि बताउँछन्। यस आधारमा सरकारी अस्पतालमा पनि स्वास्थ्य सेवा अझै सहज र छरितो हुन नसकेको देखिन्छ।

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको सङ्घले जनाएको छ।

आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

चन्दननाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ।

मनकारी डाक्टरले दुई बर्से बालकको उपचारमा सघाइन्

उपचार नपाउँदा पोलिएको हात पाक्दै गयो। किरा पर्न थाल्यो। मनीषका बुबाको बोली फुट्दैन। आमा हिँड्न सक्दिनन्। दुई बर्से भाइको उपचारको जिम्मेवारी १६ वर्षीया दिदी मनीषाको काँधमा आएको छ।

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्