८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

मनकारी डाक्टरले दुई बर्से बालकको उपचारमा सघाइन्

भाइको उपचार सफल भएपछि घर जाँदै गरेका दिदी र भाइ (दायाँ) र मनकारी डा. रमितानाथ योगी।

घरनजिकै खेल्ने क्रममा पचालझरना ४ का दुई वर्षीय बालक मनीष न्यौपानेको हात आगोले पोल्यो। समयमै उनको उपचार भइदिएको भए पोलिएको भाग निको भइसक्थ्यो। उपचार नपाउँदा पोलिएको हात पाक्दै गयो। किरा पर्न थाल्यो। मनीषका बुबाको बोली फुट्दैन। आमा हिँड्न सक्दिनन्। दुई बर्से भाइको उपचारको जिम्मेवारी १६ वर्षीया दिदी मनीषाको काँधमा आएको छ।

भाइलाई बोकेर मनीषा जिल्ला अस्पताल मान्मा आएकी छन्। ‘अस्पतालले राम्रो ठाउँमा लगेर मनीषको हातको शल्यक्रिया गर्नुपर्ने बताएको छ। मसँग भाइलाई उपचार गराउने पैसा अभाव छ। समयमै ल्याउन पाएको भए यति समस्या हुन्थेन’, उनले भनिन्, ‘अहिले अस्पतालले राम्रो ठाउँमा लगेर हातको शल्यक्रिया गर्नु भनेको छ, हामीसँग पैसा छैन।’

घरनजिकै खेल्ने क्रममा पचालझरना ४ का दुई वर्षीय बालक मनीष न्यौपानेको हात आगोले पोल्यो। समयमै उनको उपचार भइदिएको भए पोलिएको भाग निको भइसक्थ्यो।

उपचारका लागि आएका बिरामीको आर्थिक अवस्था दयनीय देखेपछि जिल्ला अस्पताल कालिकोटमा कार्यरत डाक्टर रमितानाथ योगीसहितको स्टाफले केही रकम जम्मा गरे। कालिकोटबाट काठमाडौंसम्म पुर्‍याउन सहयोग गरे। मनीषा भाइ लिएर काठमाडौं गइन्। त्यहाँ पनि उनको शल्यक्रिया भएन।

‘काठमाडौं पुगेपछि कान्ति बाल अस्पतालमा चेकजाँच गरायौं, डाक्टरले ज्वरो आएकाले शल्यक्रिया हुँदैन भने’, मनीषाले भनिन्, ‘उपचार नगराएरै भाइलाई घर लिएर आएँ।’

ज्वरो सञ्चो भएर हातको शल्यक्रिया गर्नका लागि मनीषासँग आर्थिक स्रोत थिएन। सहयोगी कोही फेला पारिनन्। उपचार नगराएरै घर फर्किएको थाहा पाएपछि डा. योगीले मनीषालाई फेरि जिल्ला अस्पताल बोलाइन् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग सहकार्य गरिन्।

मनीषको हातको शल्यक्रिया सफल भयो। ‘त्यही बेला मनीषाको एसईई परीक्षा आउँदै थियो’, डा. योगीले भनिन्, ‘जुम्लामा शल्यक्रिया गरेपछि जिल्ला अस्पताल कालिकोटमा ल्याएर बालकलाई मैले नै उपचार गरें।’

उपचार नगराएरै घर फर्किएको थाहा पाएपछि डा. योगीले मनीषालाई फेरि जिल्ला अस्पताल बोलाइन् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग सहकार्य गरिन्।

डा. योगीका कारण भाइको उपचार सम्भव भएको मनीषाको भनाइ छ। ‘बालबालिकाको उपचारमा अभिभावक आउँथे। घरमा बुबा बोल्न नसक्ने र आमा हिँड्न नसक्ने भएकाले मनीषा भाइलाई लिएर उपचारका लागि आएकी थिइन्’, डा. योगीले भनिन्, ‘मानवताका कारण पनि हामीले सक्दो सहयोग गर्‍यौं, उपचार सम्भव भयो।’

प्रकाशित: ७ वैशाख २०८० ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App