५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा ३ सय २७ जनाको मोतिबिन्दुको निःशुल्क शल्याक्रिया

जुम्लामा ३ सय २७ जनाको मोतिबिन्दुको निः शुल्क शल्यक्रिया गरिएको छ। आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएको हो।  

नेपाल नेत्रज्योति सङ्घको सहयोगमा चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजनामा तिन दिने निःशुल्क आँदा शिविरमा शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ जुम्लाका सभापति जगदिश चौलागाईले जानकारी दिए।  

उनका अन्ुसार ३ दिनमा ३ सय २७ जना बिरामीको मोतिबिन्दुको शल्याक्रिया भएको छ। शिविर सञ्चालनको लागि नेपाल नेत्रज्योति सङघ एकीकृत ऑखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेत र रिड्ले आइ फाउण्डेशन नेपाल काठमाडौंले आर्थिक सहयोग गरेको थियो।  

हिमालय ऑखा अस्पताल पोखरा देखि ऑखा विशेषज्ञ चिकित्सकको टोली जुम्ला पुगेको थियो। अधिकांश ऑखाका बिरामीहरूले आर्थिक अभावका कारण उपचार गराउन पाएका थिएनन्।

उनीहरूका लागि यो निशःुल्क शिविरले निकै राहत भएको चन्दननाथ ऑखा अस्पताल जुम्लाका प्रमुख कालीबहादुर रावतले बताए।  

शिविरमा तिला, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथ नगरपालिकाका बिरामीहरूले सेवा पाएका छन्।  

आँखा रोग विशेषज्ञहरूका अनुसार अस्पतालमा आँखाको जॉच गर्न आएका बिरामी मध्ये १० प्रतिशतमा मोतिबिन्दु देखिने गरेको छ। गत आर्थिक वर्ष ५ हजार ८ सय जना ऑखाका बिरामीहरूले उपचार सेवा लिएको प्रमुख रावतको भनाइ छ।  

हिमालय ऑखा अस्पताल पोखराबाट ऑखा रोग विशेषज्ञ डा. आशिष जम्मकटेल नेतृत्वमा १२ जनाको टोली जुम्ला पुगेको हो। 

प्रकाशित: १५ आश्विन २०८० ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App