२७ पुस २०८१ शनिबार
image/svg+xml

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी

प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन्। आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्। अर्थमन्त्रीसमेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन्। श्रेष्ठले २५ हजार ७५० मत पाए।

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। उनले ३२३४७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठले २५७५० मत प्राप्त गरे। कार्की अर्थमन्त्री समेत हुन्।

सुनसरीमा एमालेको विजयी सुरुवात

सुनसरीमा बाम गठबन्धनको एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नं १ को प्रदेश क तर्फ बाम गठबन्धन (एमाले)का प्रदिप भण्डारी विजयी भएका छन् ।

सुनसरीको दुइटामा एमाले र दुइटामा कांग्रेस अगाडि

प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ । जयकुमारले छ हजार ५४३ मत ल्याएका छन् ।

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

धरान उपमहानगरपालिकासहितको सुनसरीको निर्वाचन क्षेत्र नं १ लाल किल्ला एवं कम्युनिष्ट गढकोरुपमा परिचित छ । यो क्षेत्रमा पहिलो संविधानसभा(२०६४) निर्वाचनबाहेक सबै चुनावमा एमाले विजयी हुँदै आएको इतिहास छ भने २०६४ मा माओवादी केन्द्र विजयी भएको छ । पहिलो संविधानसभा बाहेकका सबै चुनावमा एमालेको निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार थिए ।

सुनसरी ४ का फोरम उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, काँग्रेसलाई सघाउने

सुनसरी क्षेत्र नं. ४ मा संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीलाईं सघाउने भएको छ। फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार मनोजकुमार यादवले आइतबार उम्मेदवारी फिर्ता लिएर कार्कीलाई सघाउने भएका हुन्।

उपेन्द्र यादब सप्तरी–२, अशोक राई सुनसरी–१ बाट उठ्ने

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक गरेको छ। पहिलो चरणका लागि भन्दै सार्वजनिक गरिएको प्रतिनिधिसभाको ६२ जना  सूचीमा अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उठ्ने भएका छन्। बरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट उठ्ने भएका छन्।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।

सुनसरीमा बाढीले मृत्यु हुनेको संख्या ११ पुग्यो

अधिक बर्षासँगै आएको बाढीले गर्दा सुनसरीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। इटहरी क्षेत्रबाट मात्र आठ जनाको मृत्यु भएको छ।

सुनसरीको संस्था केटीके बेल्टले अमेरिकामा जित्यो ७५ हजार डलर

वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नेपालको पूर्वी क्षेत्र सुनसरीमा चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्टले (कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) ले ७५ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।

सुनसरीमा चार लाख २९ हजार मतदाता

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।

सुनसरीमा प्रहरी र अपराधिक गिरोहबीच गोली हानाहान, तीन घाइते

सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्।

झापा, मोरङ र सुनसरी दुई नम्बर प्रदेशमा गाभ्नुपर्ने मागबाट मोर्चा पछि हट्यो

दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने बाहेक अन्य विषयमा भने संघीय आयोग गठन गरी माग सम्बोधन गर्न सकिने मोर्चा नेतालाई आश्वासन दिएका छन्।

बास्केट बलमा सुनसरी प्रथम

‘सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता ०७३० का लागि गाईघाटमा आयोजित बास्केट बल छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ। त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा गाईघाटमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालित छनौट प्रतियोगिता सम्पन्न भएको हो।

सुनसरी-मोरङका उद्योगमा दक्ष कामदार अभाव

सुनसरी सोनापुरको अरिहन्ट मल्टिफाइबर्स उद्योगमा अहिले सीप सिकेर पोख्त भएका ७ सय कामदारको अभाव छ। उद्योगले मेसिन चलाउन सक्ने कामदार अभाव खेप्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्