सुनसरीमा १२ स्थानीय निकाय बनाउन सिफारिस
सुनसरीमा दुई उपमहानगरपालिकासहित १२ स्थानीय निकाय बनाउने सिफारिस गरेको छ। राज्य पुर्नःसंरचना आयोगले तोकेको मापदण्डका आधारमा १२ वटा स्थानीय निकाय बनाउने सिफारिस गरेको हो।
सुनसरीमा दुई उपमहानगरपालिकासहित १२ स्थानीय निकाय बनाउने सिफारिस गरेको छ। राज्य पुर्नःसंरचना आयोगले तोकेको मापदण्डका आधारमा १२ वटा स्थानीय निकाय बनाउने सिफारिस गरेको हो।
जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।
अविरल परेको बर्षाले पाँच दिनको अवधिमा सुनसरीमा २८५ घर–परिवारका १ हजार ४ सय ६१ जना बिस्थापित भएका छन् । साउन ७ गतेदेखि ११ गतेसम्मको अवधिमा इटहरीका २, धरानका १५, दुहवी भलुवाका १७, छिटाहाका ४६, अमडुवाका ३, अमाहीवेलाका १७, राजगन्ज सिनुवारीका ५, बसन्तपुरको १ र रामनगर भूटाहाका ९ घरपरिवारका बिस्थापित भएका छन् ।
इटहरी– कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै सुनसरीमा व्यावसायिक रूपमा ११ लाख ३६ हजार कुखुरा पालिएका छन्। पछिल्लो समय कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै व्यवसायी पनि हौसिएका छन्। जसले गर्दा संघीय संरचनाअनुसार प्रदेश नम्बर १ मा सबैभन्दा सुनसरीमै कुखुरा पालिएको छ।
पथरी (मोरङ)– मोरङ–सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सातवटा जुट उद्योग बन्द भएका छन्।सरकारले दिने सुविधा क्रमशः कटौती हुन थालेपछि ती उद्योग बन्द भएका हुन्। नेपाल जुट उद्योग सङ्घका अनुसार अहिले यस करिडोरमा चारवटा मात्र उद्योग जेनतेन चलिरहेका छन्।