४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालुवाटारमा आफु निकट सांसदसँग ओलीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुसँग छलफल गरेका छन्। बालुवाटारमा आयोजित छलफलमा उद्योगमन्त्री लेखराज भट्ट पनि सहभागि छन्।

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

बालुवाटार बोलाएर सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका प्रमुख शैलेस थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी बालुवाटार पुगेका थिए।

संसदीय समितिलाई सरकारले टेरेन

सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ।

बिहीबार सचिवालय बैठक बोलाउन दाहालको ओलीलाई प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन्।

ओलीसँगै १२ वर्ष जेल बसेका लिम्बु भन्छन्: पार्टी फुटाए पाप लाग्छ

प्रधानमन्त्री केपी ओलीसंगै १२ वर्ष जेल बसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका पुराना कम्युनिष्ट कार्यकर्ता नारायण लुङ्खिम लिम्बुको मन सत्तारुढ दल भित्रको किचलोले कुँडिएको छ।

ओलीको उधारो आश्वासनमा नेपालको ‘अविश्वास’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन।

नेकपा भित्रको राजनीति : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

विना बहकाउ संविधान संशोधनका लागि सरकार तयार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई अभिनेत्री गौरी मल्लको पत्र : आगोमा होमिन लागेका जनतालाई रोक्नुहोस्

स्वदेशमै केही रोजगारी प्रदान गरेर ‘आगोमा होमिन गएका’ आफ्ना नागरिकलाई स्वदेशमै सानोतिनो रोजगारी दिएर भए पनि रोक्न उनले प्रधानमन्त्रीलाई अनुरोध गरेकी हुन् ।

जसपाले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीयः प्रधानमन्त्रीको सचिवालय

जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीप्रति गरिएको टिप्पणीप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको सचिवालयले जनाएको छ।

डा.भट्टराईको प्रस्ताव : प्रधानमन्त्री नयाँ चयन गरौं, प्रधानन्यायाधीशलाई महाभियोग लगाऔं

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका हुन् ।

अयोध्याबारे नबाेल्नू भन्दाभन्दै कुरा फुत्काउनुभयो, अब जनतासमक्ष आत्मालोचना गर्नुस् : वामदेव गौतम

रामको जन्मभूमिबारे प्रधानमन्त्रीले ओलीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको उल्लेख गर्दै नेता गौतमले उनलाई आफ्नो मन्तव्य फिर्ता लिन र आत्मालोचना गर्न सुझाव दिएका हुन् ।

‘भौगोलिक अखण्डता अक्षुण्ण राख्न सरकार कटिबद्ध’

देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरोतर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ। प्रधानमन्त्री केपी ओलीले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न सरकार कटिबद्ध रहेको बताएका छन्।

बैठक छल्दै ओली

तीव्र असन्तुष्टिबीच सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक चले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार उपस्थित भएनन्। प्रधानमन्त्री ओलीकै कार्यशैली र सरकारको कामप्रति नेताहरू असन्तुष्ट छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्