४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा.भट्टराईको प्रस्ताव : प्रधानमन्त्री नयाँ चयन गरौं, प्रधानन्यायाधीशलाई महाभियोग लगाऔं

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्दै गएको भन्दै त्यसबाट उम्किन पाँच प्रस्ताव अघि सारेका छन् ।  

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत देशको अवस्थाप्रति चिन्ता प्रकट गरेका हुन् ।  

‘लोकतान्त्रिक ढंगले संकट मोचन गर्न’ उनले केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयनदेखि भर्खरै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाई आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराउने सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेसम्म ५ प्रस्ताव प्रस्तुत गरेका हुन ।  

पत्नी गीता ढकाल हत्या कसुरमा जेलमा रहेका पूर्वडीआइजी रञ्जन कोइराला सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय सजाय कटौती गरेपछि बिहीबार रिहा भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमेशर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघि जिल्ला र पुनरावेदन अदालतले जन्मकैद ताेकेका कोइरालाको ११ वर्ष कैदा छुट गर्ने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् ।

यसअघि बूढानीलकण्ठको 'हिट एन्ड रन' केसका अभियुक्त पृथ्वी मल्ललाई पनि सर्वाेच्चले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। मादक पदार्थ खाएर तीव्र गतिमा मल्लले चलाएको कारले बूढानीलकण्ठमा लीला देवकोटालाई फुटपाथमै ठक्कर दिएको थियो। ठक्करबाट देवकोटाको मृत्यु भएको थियो। 

मल्ललाई ५ लाख धरौटीमा छाड्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र मनोजकुमार शर्माकाे इजलासले आदेश दिएका थिए।  

 

यो पनि पढ्नुहोस्

रञ्जन कोइराला प्रकरण :  'सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो'

 

यी हुन् डा. भट्टराईले राखेका ५ प्रस्ताव  

१ .संसद् अविधेशन बोलाऊँ

२. केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ चयन गरौं

३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ

४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं

५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ

प्रकाशित: ९ श्रावण २०७७ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App