नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
वैकल्पिक लोकमार्गमा प्रयोग गर्न उत्पादित नदीजन्य पदार्थ अवैधरुपमा जिल्लाबाहिर लादै गरेको अवस्थामा आइतबार पक्राउ परेका दर्जन टिफरहरू सामान्य जरिवाना तिराएर छाडिएका छन् । निर्माणाधिन वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा खण्डमा प्रयोग गर्न स्थापित त्रियुगा नगरपालिका ७ चुहाडेस्थित क्रसर उद्योगबाट इजाजत नलिई बाहिर लाँदै गर्दा पक्राउ ११ टिफर नाम मात्रको जरिवाना लिएर छाडिएका हुन् ।
३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन्।
आफ्नै छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ।
हत्या गरी फरार रहेका जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ बस्ने ५५ वर्षीय यमबहादुर अर्घुले मगरलाई प्रहरीले पक्राउ गरेको छ। २०६१ साल कात्तिक १२ गते ज्वालामुखी ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई ८ जनाको समूहले धारिलो हतियार प्रहार गरि फरार भएका थिए। फरार मध्येका मगरलाई प्रहरीले ज्वालामुखी–५ बुङकोटघाटबाट बिहीबार पक्राउ गरेको छ।
प्रहरीले सँंगै कोठमा बस्ने साथीको सामान चोरी गर्ने एकजनालाई बिहीबार पक्राउ गरेको छ। विहान अन्दाजी साढे दुई बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा राधेराधेबाट झापा जिल्ला घर भई हाल मध्यपुर थिमि बस्ने १७ वर्षीय पवन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
विभिन्न अपराधमा संलग्न व्यक्तिहरूमाथि सोलुखुम्बु प्रहरीले विशेष अपरेसन सुरु गरेको छ। आपराधिक क्रियाकलाप बढ्दै गएपछि पछिल्लो समय प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।
प्रतिबन्धित लागुऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ नेपाली तथा एक विदेशी नागरिक छन्।
औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले रंगेहात पक्राउ गरेको हो।
हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले मंगलबार जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन्।
जिल्लाका दुई युवालाई अदालतले धरौटीमा रिहा गरेकै दिन प्रहरीले ‘कारणबिना’ पुनः पक्राउ गरेको भन्दै परिवारजनले गुनासो गरेका छन्।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएपछि प्रहरीले दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ।
उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार रहेका दोषीलाई प्रहरीले मंगलबार बुटवलबाट पक्राउ गरेको छ।
जिल्लाको छथर गाउँपालिका– ६ सुदापमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्।