९ मंसिर २०८१ आइतबार
image/svg+xml

विपन्न परिवारलाई उच्च शिक्षा निःशुल्क

आर्थिक रूपले विपन्न परिवारका विद्यार्थीलाई सरकारले उच्च शिक्षा निःशुल्क दिने भएको छ। प्रतिनिधिसभामा दर्ता भएको ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकले’ आर्थिक रुपले विपन्न, विपन्न दलित, विपन्न अपाङ्गता भएका विद्यार्थीलाई उच्च शिक्षा निःशुल्क दिने व्यवस्था गरिएको हो।

राजेश हमालद्वारा विपन्न ४ परिवारलाई करोडौको जग्गा दान

महानायक राजेश हमालले विपन्न परिवारलाई करोडौको जग्गा दान गरेका छन्। हमालको ६० वर्ष अघिदेखि नवलपरासीमा रहेको पुर्ख्यौली घरमा सेवा गरिरहेका ४ विपन्न परिवारलाई देवचुली नगरपालिका २ मा रहेको २ करोड मूल्य बराबरको जग्गा प्रदान गरिएको वडाध्यक्ष माधव केसीले जानकारी दिए।

उपचारमा अनुदान, कति भयो खर्च ?

सरकारले विभिन्न आठ कडा रोगको उपचारका लागि अनुदान दिँदै आएको छ। ती रोगहरु मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनीमीया हुन्। सरकारबाट २०७५ मंसिर १० मा स्वीकृत भई बनेको ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ बमोजिम सरकारले बिरामीको उपचारमा अनुदान दिँदै आएको छ।

मदन भण्डारी फाउण्डेसनद्वारा विपन्नलाई घर

मदन भण्डारी फाउण्डेसनले पोखराको एक विपन्न परिवारका लागि घर निर्माण गरिएको छ। फाउण्डेसनको कास्की शाखाले पोखरा महानगरपालिका १९ का अति विपन्न परशुराम नेपालीका लागि निर्माण गरिएको ४ कोठे पक्की घर शनिवार एक कार्यक्रमका बीच पोखरा महानगरका मेयर मान बहादुर जिसीले हस्तान्तरण गरेका छन्।

विपन्नले घुम्ती पाउँदा दैनिकी चलाउन सहज

श्रीमानले मजदुरी गरेर कमाएको पैसाबाट वीरेन्द्रनगर–३ मुलपानीकी खजुरा विष्टको घरको चुल्हो बल्थ्यो । कोठा भाडा, दुई छोराछोरीको पढाई र घर व्यवहार चलाउने खर्च श्रीमानले धानेका थिए। पाँच वर्षअघि श्रीमान खगेन्द्र विष्टको मृत्यु भयो । घर–व्यवहार, छोराछोरीको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी खजुराको काँधमा आइलाग्यो।

शीतलहरले घेरिन थाले मधेसका विपन्न बस्ती

सिरहाकाे गोलबजार नगरपालिका–९ मुसहरी टोलकी ४५ वर्षीया जंगली सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन् । राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि ओछ्यान बिछ्याउनु उनको दैनिकि हो । ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो ।

विपन्न परिवारलाई कम्बल

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले बिहीबार त्यहाँका ३५ परिवारलाई कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

विपन्न विद्यार्थीलाई ट्रयाकसुट

हेल्प चेपाङ फाउन्डेसनले बाराको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालयका ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ।

एनएमबिको सहुलियत कर्जा सुरु

एनएमबि बैंकले नेपाल सरकारद्वारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विपन्न वर्गका जनतालाई लक्ष्य गरी एनएमबि सहुलियतपूर्ण कर्जा सुरु गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

विपन्न बस्तीमा डा. केसीको स्वास्थ्य सेवा

मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचको माग राखी सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. गोविन्द केसीले १४औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको बस्तीमा पुगी स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्।

सहकारीमार्फत समृद्धि सम्भव

सहकारीका सरोकारवालाले सहकारीमार्फत मुलुकको आर्थिक समृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। सहकारीको माध्यमबाट विचौलियाको अन्त्य गर्दै विपन्न समुदाय र उपभोक्तालाई राहात दिनुपर्ने बताए।

विपन्नलाई प्रमाणपत्र

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्नताको स्तर वर्गीकरणसँगै प्रमाणपत्र दिन थालेको छ। गाउँपालिकाले गरिबी निवारण कोषसँगको सहकार्यमा विभिन्न ५६ वटा सूचकलाई आधार बनाएर विपन्नताको स्तर वर्गीकरण गरेको हो।

गाउँपालिकाले गर्यो विपन्नताको स्तरीकरण

सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्नताको स्तरीकरण गरेर प्रमाण–पत्र वितरण सुरु गरेको छ। गाउँपालिकाले गरिवी निवारण कोषसँगको सहकार्यमा विभिन्न ५६ वटा सूचकलाई आधार बनाएर विपन्नताको स्तरीकरण गरेको हो।

विपन्नको घर निर्माणमा युवा

कास्कीमा युवाहरु विपन्न व्यक्तिको घर निर्माणमा जुटेका छन्। युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष माधब बास्तोलाको नेतृत्वमा युवाहरुले साविक पुरुन्चौर गाविस हाल पोखरा महानगरपालिका वडा नं १९ मा विपन्न नागरिक पर्शुराम नेपालीको ४ कोठे कच्ची घर निर्माणमा सहयोग गरेका हुन्।

विपन्नताले पुछिएको सिन्दूर

लीला रोकालाई सानैमा बिहे गर्नु हुँदैन भनेर घरपरिवार र गाउँमा कसैले सल्लाह दिएन । न त गाउँघरमा पढेर ठूलो मान्छे बनेको कोही थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्